बाग्लुङ / बाग्लुङ समाज दक्षिण कोरियाले ‘बाग्लुङ कालिका कप मैत्रीपूर्ण भलिवल प्रतियोगिता २०२२’को आयोजना गरेको छ । प्रतिभावान खेलाडीको खेल कौशल, आपसी सद्भाव र भाइचाराको बिकासमा सघाउ पुर्याउने उद्देश्यसहित उक्त प्रतियोगिता सञ्चालन भएको हो ।

आउदो अगष्ट १४ तारिक आनसानको 와동체육관 मा सन्चालन हुने उक्त प्रतियोगिताको तयारी तिब्र पारिएको सन्स्थाका सचिब राजु नेपालीले बताए ।

उक्त प्रतियोगिताको बिजेता टिमले १८ लाख वन, उपबिजेताले १२ लाख वोन नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सेमिफाइनलिष्ट २ टिमले शान्त्वना पुरस्कार स्वरुप ४÷४ लाख वोन प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीले १ लाख वोन नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा अन्य ४ बिधाका उत्कृष्ट खेलाडीलाई जनही ५० हजार वोन नगद , मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको टाइसिट अगष्ट ७ तारिक आइतबार दिउसो १ बजे तोङ्देमुनको दर्शन नमस्ते रेस्टुरेण्ट माथिल्लो तला सभाहलमा गरिने भएको हुँदा प्रतियोगिता मा सहभागी हुन चाहानु हुने सङ्घ सङ्स्था क्लबलाई आफ्नो टिम दर्ता सङ्गै प्रतिधिनीहरूलाई टाइसिटमा उपस्थितीका लागी आयोजकले अनुरोध गरेको छ ।

आयोजकका अनुसार आफ्नो टिम दर्ता र अन्य जानकारीकाका लागी ज्ञानेन्द्र कार्की : १०८४८९५०६३ (खेल सम्योजक), राजु नेपाली : ०१०९६४८६७२१ (सचिव) , बिदुर शर्मा : ०१०३१४८६२६२ (अध्यक्ष), झपेन्द्र केसी : ०१०९७४३६०५३ (टिम क्याप्टेन) , भुमिराज भुषाल : ०१०८५५९९२०४ (वरिष्ठ उपाध्यक्ष) र अमृत पौडेल : ०१०५९२५१७७३ (खेलाडी)लाई सम्पर्क गर्न सकिनेछ ।
प्रतियोगितालाई JRF REMIT कोरियाले स्पोन्सर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर