काठमाडौँ- हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, शुक्रबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर