✍️ निर्मला स्नेही
गजल – १
न आउने कुरा पर्खेर आउदैन
बितेको समय फर्केर आउदैन
हुरी मात्रै चल्छ मरिभूमि माथि
कहिल्यै पानी दर्केर आउदैन
त्यस्तो बाटोमा सफर सुरु भयो
जहाँ कुनै खुसी एकफेर आउदैन
चट्टान भएको छ छाती पनि अब
कुनै प्रहारले चर्केर आउदैन
जगाउनु पर्छ आफ्नै हातरूले
कुनै दियो आफै बलेर आउदैन
गजल – २
फूलमा सजिएर अबिरमा सजिएर
सक्दिन बस्न म मन्दिरमा सजिएर
मुस्कुराउनु छ मलाई गुराँस जसरी
टक्कसङ्ग तिम्रो त्यो शिरमा सजिएर
तिम्रा प्रहारहरु पनि त यो छाती भरि
खेली रहेका छ्न तिरमा सजिएर
यो जिन्दगी मलाई हाँसीरहेझैँ लाग्छ
चोटहरू संगालेर पीरमा सजिएर
जाँदै गएन त्यहि मान्छे यो मनबाट
जो थिएन आएको तक्दिरमा सजिएर
प्रतिक्रिया
-
४