✍️ कमलराज केसी
मुर्कुट्टा को टाउको हुँदैन
टाउको नहुनेको दिमाग हुँदैन
आँखा हुँदैन
कान हुँदैन ।
रानीमाहूरी घेरिएझैं
अन्य माहूरीबाट
हरबखत घेरिएको हुन्छ
दासहरुबाट
मुर्कुट्टा शासक ।
दासहरुको जयजयकारमा निमग्न
मुर्कुट्टा शासक
लेण्डुपे पथको नायक हो ।
आफूलाई निक्कै शक्तिशाली भन्ठान्छ
मुर्कुट्टा शासक
आफ्नै भक्तहरुलाई मात्र योग्य देख्छ
मुर्कुट्टा शासक
मानौं यो देश नै उसको विर्ता हो
जसको टाउको हुँदैन
टाउको नहुनेको विवेक हुँदैन
सहि सलामत दिमाग हुँदैन
समदर्शी दुरदर्शी आँखा हुँदैन
न्याय सुन्ने उसको कान हुँदैन
र त उसलाई थाहा हुँदैन
आफ्नै पतनको उ कति नजिक छ ।
प्रतिक्रिया
-
४