– मनोज लोहार

तिम्रो शरिरमा
जबरजस्ती टसाईएको ओठहरु
मलाई थाहा छ
मलाई थाहा छ-
हर दिन किन च्यातिन्छ तिम्रो भित्री बस्त्र
म महशुस गर्न सक्छु-
हर रात तिमी स्तम्भ हुन्छउ
र लडाउछ प्यासी बतासले

र पनि म प्रेम गर्छु प्रेयसी !

म प्रेम गर्छु- मलाई देख्दा तिम्रो आँखामा ओहरदोहर गर्ने आगोलाई
जसले शितलता दिन्छ-मेरो आत्मालाई
त्यसैले तिमी मात्र फूल होईनउ !

फूलमा आगो रोप्दै हिड्ने-मेरी प्रेयसी !
मैले प्रशस्त गल्तिहरु गरेको छु !

गल्ति सुधार्दा सुधार्दै एकदिन माफ पाएँ भने
म दिनेछु-
मेरो ओठ तिम्रो ओठलाई
र निदाउनेछु च्यापिएर तिम्रो अङ्गालोमा

या घृणा नै गरि पो रहन्छौ कि..?

तिमीले घृणा गर्दा गर्दै
एकदिन म बादशाह भए भने
नाङ्गै पार्नु र कोर्रा लगाउनु
म तिम्रै प्रेम शरीरभरि कुँद्न चाहन्छु !

या म जपिरहुँला तिमीलाई…..जप्दाजप्दै तिम्रो नाम
उल्टिएर प्रशन्न भई जाला कुनै देउता म तिम्रो मुस्कानलाई पाण्डुलिपी बनाएर लेख्नेछु प्रेमायण र हिड्नेछु-आफैले नहिडेको बाटो !

या
तिमीलाई प्रेम गर्दागर्दै
आँखा खुल्लै पारि निदाई पो जान्छु कि कुनै दिन
कृपया बन्द नगरिदिनुस ति आँखा
म चाहन्छु-
मेरो आखाँबाट कहिल्यै नहटोस् तिम्रो तस्विर !

या हुन सक्छ यी कल्पनाले धरती छुनु अगावै तिम्रो आँखाबाट हराई पो जान्छ कि आगो र थोरै भए पनि फक्रि दियो भनेँ जून म भुकम्पित हुनेछु तिम्रो धरतिमा समुन्द्र जसरी अड्डिने छु तिम्रो हत्केलाभरिको रातमा !

ओ बादल जस्तो मन
नथाक्नु
उड्नु
प्रेमको क्षितिज छोएर
सग्लो पागलपन समेट्न
म हेरूलाँ टुक्रा टुक्रा आफूलाई तिम्रो आखाँमा
समय चुपचाप
जम्ने छ हाम्रो बन्द हत्केलाभित्र
ऐनाको छातीमा टल्किएको काँचो घाउ
हाम्रो हुनेछ
तर
तिम्रो आँखामा हुने छैन मेरो लागि आगोका हरफहरू !!

  • ***

प्रतिक्रिया

सम्बन्धित खवर