हातेमालो साहित्य संगमको विशेष “वृहत् रचना वाचन” कार्यक्रम आज मिति २०८० मंसिर ३० गते शनिबार, प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा भव्यताको साथ सम्पन्न भयो । प्रसिद्ध गीत/गजलकार श्री करुण थापाज्यूको प्रमुख आतिथ्यमा लगभग ३ घन्टा चलेको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष श्री सौरभ कारन्जित तथा प्राज्ञ श्री नन्दु उप्रेतीज्यू रहनुभएको थियो । अन्य अतिथिहरूमा घुम्तीमा मुक्तक संस्थाको अध्यक्ष श्री निर्मल पराजुलीज्यू, हामी र हाम्रो कृति समुहको अध्यक्ष श्री मदन नेपालज्यू, लक्ष्मीदेवी साहित्यका अध्यक्ष श्री रत्न प्रदीपज्यूको उपस्थिति थियो ।
लगभग ७० जना दर्शक/स्रोताहरूमध्ये करिब ४० जनाले आआफ्नो रचनाहरू वाचन गर्नुभएको थियो ।
हातेमालो साहित्य संगमको उपाध्यक्ष श्री विपिन मर्म तथा कोषाध्यक्ष श्री पुष्पा धमला ‘स्वप्निल’ज्यूको उद्घोषण रहेको उक्त कार्यक्रमको व्यवस्थापनमा संस्थाको महासचिव श्री बिमला दाहाल, सदस्यहरू श्री जिज्ञासु पौडेल तिलक, दुर्लभ शाह त्यागी , सरिता थापा मगर तथा प्रचण्ड गौतमले गर्नुभएको थियो ।
उक्त वाचन विशेष कार्यक्रममा फोटोमा मुक्तक प्रतियोगिताको हालै सम्पन्न भएको १५०औं स्वर्ण विशेषाङ्कमा विजयी हुनुहुने सर्वोत्कृष्ट ५ जना दुर्गाकिरण तिवारी, ऋद्धिमा रिजाल, डिलु बीएम दिल , आर.पी.सी. संगम र सुशिल अर्याललाई जनही नगद रु. ५०००/- र प्रमाणपत्र तथा उत्कृष्ट हुनुहुने ३ जना माया उपाध्याय, रविन्द्र अनुराग र अरुणा श्रेष्ठ ‘अनु’ लाई नगद रु. ३०००/- र प्रमाणपत्र फोटोमा मुक्तक प्रतियोगिताका परिकल्पनाकार, हातेमालो साहित्य संगमका अध्यक्ष तथा सभापति श्री सुनिल अधिकारी तथा निर्णायक श्री सौरभ कारन्जितले प्रदान गर्नुभएको थियो ।
त्यस्तै, उक्त प्रतियोगिताका निर्णायकद्वय श्री सौरभ कारन्जित र बिमल झा तथा प्रायोजकहरू श्री सौरभ कारन्जित, श्री प्रचण्ड गौतम, श्री निलाञ्जला भारद्वाज, श्री छिमेकी दाइ तथा श्री ॠषिराम भुसालज्यूहरूलाई पनि प्रमुख अतिथिज्यू, सभापतिज्यू लगायतबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।
लगभग ३ घन्टा चलेको उक्त कार्यक्रमको विसर्जन जलपानबाट भएको थियो ।
प्रतिक्रिया
-
४