काठमाडौँ – समालोचक तथा नेपाली रङ्गमञ्चका गम्भीर अध्येताका रूपमा ख्याति कमाएका साहित्यकार डा। अशोक थापा कथा सङ्ग्रह ‘सन्तापको धून’ लिएर पाठकसामु आउँदैछन् । १३ कथा समेटिएको उक्त सङ्ग्रह आज शनिबार काठमाडौँमा एक कार्यक्रमकाबीच सार्वजनिक हुने सङ्ग्रहको प्रकाशक ‘पेज टर्नर’ले जनाएको छ ।
विसङ्गतिवादी लेखनका ज्ञाता डा. अशोकको प्रकाशोन्मुख कथाकृतिमा आजको मान्छे र समाजभित्र विद्यमान अदृश्य विसङ्गति र विपर्यासहरूको सुन्दर उत्खनन् रहेको दावी प्रकाशकको छ । रङ्गमञ्चमा अभिनयको अनुभव समेत सँगालेका लेखक थापाका कथामा नाटकीयता पनि यथेष्ट मात्रामा पाइने उसको दावी छ ।
नेपथ्यका पात्रको उपस्थिति, आञ्चलिक भाषाको प्रयोग तथा नवीन आख्यान–शिल्पका कारण यी कथा पाठकको रोजाइमा पर्ने छन् भन्ने कुरामा आफू विश्वास्त रहेको पेज टर्नर प्रकाशक तथा वितरक प्रालिका संयोजक जयराम तिमल्सिनाले बताएका छन् ।
कथाकार थापा नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । यो उनको पहिलो सिर्जना कृति हो ।
प्रतिक्रिया
-
४
