कलाकार तथा पत्रकार गौतम सागर राईले दिवंगत आमाको सम्मानमा ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । एक महिनाअघि आमा डिल्लीमाया राईलाई गुमाएका राईले उनै आमाको स्मृतिमा आफ्नै रचना र सङ्गीतमा गीत सार्वजनिक गरेका हुन् ।
गीतमा राजेश पायल राईको आवाज सुन्न सकिन्छ । मनोज साङसङ राईको एरेन्जमा तयार भएको गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो । गौतम सागर राईको यूटुवबाट सार्वजनिक गीतको स्टुडियो भिडियो जस्केलो क्रियशनले निर्माण गरेको छ ।
आमा गुमाउदाको पिडालाई प्रस्तुत गरेका छन् । अमेरिकामा रहेका उनले आमा विनाको गाउँघर सुनसान लाग्ने भावना व्यक्त गरेका छन् ।
प्रतिक्रिया
-
४
