आज बसेको मन्त्रिपरिषद्को बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धरलाई नियुक्त गरेको छ।
शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो ।
तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति पाएको हो।
प्रतिक्रिया
-
४
