काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपिओ निष्काशन बिक्री खुला गरेको छ ।

कम्पनीले आज बुधबारदेखि सर्वसाधारणका लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषका लागि छुट्याएको छ । लघुवित्तको आइपिओमा बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

प्रतिकित्ता १०० रुपैयाँ दरको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । कम्पनीको आइपिओमा छिटो मिति साउन ३१ गते र ढिलो मिति भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

यद्यपि, यसअघि अन्य कम्पनीको मागभन्दा बढी आवेदन पर्ने भएकोले यस कम्पनीको आइपिओमा पनि छिटो मिति अर्थात साउन ३१ गतेसम्ममा पर्याप्त आवेदन पर्ने निश्चित छ ।

लघुवित्तको निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीको आइपिओमा सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेभसाइट तथा मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपिओले केयर रेटिङ्ग नेपालबाट केयर एनपी बि प्लस इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने आइपिओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर