
✍️ सुमन स्मारिका
गजल – १
यो भनिरहन घरीघरी आवश्यक छैन
मलाई था छ तिमी माथी मेरो हक छैन
कहाँ फाल्यौ कसलाई दिएर आयौ हँ ?
तिम्रो आँखामा पहिले जस्तो चमक छैन
सधैंका लागि दुख मेटाइन दिन हुन्थ्यो
यहाँ लेख्ने मात्रै छ मेट्ने चक छैन
यसरी पनि कोइ कसैको दिलमा आउछ ?
कुनै खबर छैन कुनै दस्तक छैन
तिमीले पनि आखिर पर्खाएरै मार्यौ
तिमी र मृत्युमा केही फरक छैन
गजल – २
मेरो जस्तै सादा कति निधार देखेँ
आज मैले तिम्रो रगींन बजार देखेँ
काम पाएनौ भनेर देश बेची दिए
यति इमानदार पनि बेरोजगार देखेँ
कठिन मोड नीरै साथ छोडेर हिडे
प्यार गर्छुँ भन्नेहरुको पनि प्यार देखेँ
बन्द कोठा भित्र एउटा लोग्ने मान्छे
गरिरहेको थियो सोह्र श्रीगांर देखेँ
प्रेम पागलपनको एक हद रहेछ
हर अनुहारमा उसको अनुहार देखेँ
प्रतिक्रिया
-
४
-
१०