– फरुग फरुुखजाद

युवतीले मुस्कुराउँदै भनिन्:
यो सुनको को रहस्य के हो?

यो औँठी जुन मेरो औंलामा
यति कसेँर लगाइएको छ
यो औँठीको रहस्य
जो यति चम्किलो र उज्यालो छ?

पुरुष अलमलमा परे र भने:
यो औँठी राम्रो किस्मतको हो

जीवनको औँठी
सबैले भने: बधाइ र शुभकामना!

युवतीले भनिन्: आह
म अझै यसको अर्थमा शंका राख्छु

पछि धेरै वर्षहरू बिते
र एक रात
एक उदास महिला ले त्यो अंगूठीलाई देखिन्
र यसको चम्किलो बनावटमा

हेरिन, ती सबै बर्बाद दिनहरू
आफ्नो पतिको बेवफाईका

बिल्कुल बर्बाद दिनहरू
महिला जोडले चिच्याइन्:

यो औँठी जुन अझै
चम्किलो र उज्यालो छ

यो पट्टा हो—
दासता र गुलामीको।

***

अङ्ग्रेजी भाषाबाट अनुवाद : जीवन खत्री

प्रतिक्रिया

सम्बन्धित खवर