– धनराज गिरी
म समय,आज,अलि अलग,एक रोचक कथा, प्रोफेसर साथमा,कथाको परिवेश कुइरेटकीय नगरी,धरावासी लीलेको,ऊ पनि नेपाली अमिताभ बच्चन, सुमनकल्याण पुरे, जङ्गल सफारी लज,यालीले झ्याली पिटेको धाम, पाहुना आए दामैदाम,मन्दिर, आए शारदाभक्त शेरखान,प्रकृतिप्रेमी प्राचार्य,झुस्स,नेपाल देशजस्तै दाह्री,नैनामा तेज, अनुहारमा चमक,बोलीमा दम ” मोग्याम्बो ” साथमा एक उपहार, ” कुसुमे रुमाल!” ” रिमालको रुमाल ” भाइरल,प्रोफेसर ” दाइरल ” प्रोफेसर ” प्रेमकृष्ण सुमनावतार आशुतोष नारायण पशुपति बेल्जियमानन्द रेग्मीनाथ गजलश्री नभोमणि” ४३ नामी,साझाप्रेमी,अनि साथी ” सोविताशरण घ्याल्चोके हरिदत्त चौथोकाल शङ्खनादोपाध्याय पूर्व विमल जयनेपालकान्त यूरोपश्री” मेलमिलाप भयो,कथारम्भ,येम्बूनेर! विना हल्ला, समथिङ मिसिङ्ग!
” आज प्रोफेसर जगमोहन आजाद सिसास मुक्तिनाथोपाध्याय सुमेधाश्री यता आउनुहुन्न मौनताजी?” शेर खान,दाह्री मुसार्दै।
” अङ्कललाई थाहा होला” प्रोफेसरतिर हेर्दै।
” मितवा आज कुमरोजतिर, वनवास!” प्रोफेसर ।
” हम्म, एउटा गजल सुन्नुहुन्थ्यो,माइकालाल थोत्रे तन्ना नयाँ रुमालका बारेमा,प्रोफेसर पनि आजै उता लाग्नुपर्ने!” शेर खान।
” हरे कृष्ण,हरे कृष्ण,मन मगन,रवि गगन, प्रेमपूर्वक भन्छु,त्यो सात सालको ” गुदपाक” भन्दा त कुसुमे रूमाल ठीक होइन र कमरेड ?” यूरोपश्री।
” केको ठीक हुने?थोत्रो बिहारी तन्नाको नयाँ रुमाल? हम्म, न सिद्धान्त, न आधार, बुर्लुक्क, बुर्लुक्क, मुकरीले दिलिपकुमारको रोल?मलाई अब केको कमरेड ,” प्रतिगमन कमलपदकश्री” पाइयो!अब ” रिग्रेसन एनालाइसिस पढाउने हो,अरे यार प्रोफेसर,कि कोरिलेसन? ४३ च्याप्टर क्लोज लालबन्दी?प्रोफेसर साहेबलाई पनि कण्ठ छ गजल! किन मौन यार,घनश्याम पाण्डे हो र? शिवनन्दन लघुकथा पण्डित टोकियोश्री हो र?” शेर खान, गर्विलो स्वर।
” तताएको?भाइब्रेट हुने म ?शेर अर्ज है! ” प्रोफेसर ।
” ईर्साद !” सबैजना। कफी आयो। बसाइ,कफी हाउसमा। प्रोफेसर उवाच :
” सुमन कृष्ण प्रेमराज गैंडा राइनो मीत !
आज पक्कै हुन्छ भेट गजलकारसित!
उपहार विनिमय गुदपाक रूमाल नयाँ !
थोत्रो तन्ना विनिर्माण बने पर्यामीत!
यतै हल्ला उतै हल्ला भूपि शेरचन सत्य!
दीन नदीन मीना नानी,रफी जगजीत !!
अग्निहोत्री कमल हसन कान्त रजनीश !
खरानीको शहरभित्र कहर शब्दातीत!
गङ्गादिदी ददिदाइ,छविलाल दावा!
झापा पाँच,नाच,नाच,नयननीर प्रीत!
उखानपुरमा एकतारा माधवपुरमा चार!
रूख सुख,दुःख अरू हाँस खितखीत !
नभोमणि ग्रहणयुक्त शून्य पक्का भोलि !
बोलीवचन,ओलीवचन, बिगारियो रीत!”
” वाह वाह वाह !! ” सबै। ” वोन्स मोर,वोन्स मोर! ” मौनता। ” प्राचार्य सरलाई मेरो उपहार!” यूरोपश्री।
” हम्म,मेरो पनि छ!” शेर खान। फोटोसहित ” उपहार विनिमय” एक प्याकेट गुदपाक र एउटा रुमाल,प्याकमा। ताली बजाएर,लाइभ छोडियो।
” इतिहासमा यस्तो उपहार विनिमय भएको थिएन,भूगोलमा भयो, द्वन्द्वात्मक भौतिकवादको उपज हो, माइकालाल मातृभूमि चिरफार संघका पदाधिकारीहरूसित फागुन २१ गते हिसाब मागिन्छ। हम्म,जय नेपाल प्रोफेसर साथी!खीर खाने आज !” शेर खान। ” अब नयाँ केही गर्ने,उही खीर खीर!” यूरोपश्री।
” यो मान्छेलाई जे पनि नयाँ नयाँ,एउटा ” छक्का ” सेतो भाले दिने कि? ” शेर खान।
” हा हाहा, पोथी प्रजातिको कन्तबिजोग! रातो भाले ठीक! ” प्रोफेसर । टोली लाग्यो जङ्गलतिर।
म समय,जङ्गलको ” लाइभ ” हेरेर बसिरहेको छु,” प्रेमकृष्ण लीला! ” एक दो तीन, नेपाल भारत चीन! हरियाली छायो मनमा,ध्यान गगनमा।
***
प्रतिक्रिया
-
४
