– विक्रमपवन परियार

गजल १
म दलित हुँ यार तिमीले बनाई दिएकाे
कहाँ बिर्सन्छु र जिउँदै जलाई दिएकाे

तिमीलाई मेराे अभाव हुँदा म ठिकै थिएँ
बिर्सन्न त्याे पल आरन भत्काई दिएकाे

ढुङ्गा खाेप्ने छिनाे बनाउने यहि हात हाे
नबिर्स तिम्राे हातमा चुरा लगाई दिएकाे

लज्जावती हैनाै तिमी मेराे सखी थियाै
सम्झाउन मन लाग्याे र सम्झाई दिएकाे

तिम्राे मुस्कान र आँखा देख्नेहरू भन्लान्
वाह ! यार क्या मज्जाले लजाई दिएकाे

गजल २
अधरमा अधर भाे खजाना गजब हाे
भाे गल्ती सबैकाे बहाना गजब हाे

दीयाे निभ्न साथै चुरा बज्न थाल्याे
थियाे लाज छेक्ने ती पर्दा गजब हाे

छ यस्तै गुनासाे सुनेका हुँदैनन्
इमान किन्न सक्ने याे पैसा गजब हाे

कहाँ सक्छु मैले झुटाे क्यै बाेलेर
छ खुट्टा जमिनमा त्याे मुर्दा गजब हाे

त्याे कालाे सिसा हाे सिसा भित्र के छ
जाेडीमा थियाे केही चर्चा गजब हाे

(बहर : मुतकारिब
अर्कान : १२२ १२२/१२२ १२२)

प्रतिक्रिया

सम्बन्धित खवर