– सोविता रेग्मी
१,
कर्मले फूल फुलाउला सानू माली भई आईदिनु
टिकाले निधार सजाउला सानू थाली भई आईदिनु
एउटा सानो झुपडी होस् हाम्रो हामीलाई सुहाउने
म बन्छु खम्बा धान्नलाई सानू पाली भई आईदिनु
२,
मायाको फूल फुलाई दिउला बगैंचा सजाई
म तिम्रो छेउमा बसाैला सानू हल्का केही लजाई
हातमा हात समाई बढ्यौं आजको दिनसम्म
एकलौटी शासन मेरो नै बनोस् मेरो नै रजाइँ
चाहना
३,
गोठ र गाई चिनिन मैले कुटो र कोदालो
न भारी बोकि हिड्ननै पर्यो उकालो ओरालो
कर्मको मैदान नछोडी बढे ठेगानमा पुग्नलाई
अबका दिन कसरी बित्लान् यहीँ लाग्छ पिरालो
४,
खडेरीमा मुल खोज्नु मेरै भुल भएको हो
शिशिरमा झुल खोज्नु मेरै भुल भएको हो
आफ्नै भुलको परिणाम भोग्दै छु के भनाै
बसन्तमा फूल खोज्नु मेरै भुल भएको हो
५,
चाहेका सबै कुरा पूरा हुदैनन् याद गर
पिएका सकै कुरा सुरा हुदैनन् याद गर
भोग्नु र सोच्नु फरक हुन्छ जिन्दगीमा
देखेका सबै हतियार छुरा हुदैनन् याद गर
***
प्रतिक्रिया
-
४
