– मीरा गजुरेल
मुक्तक १,
कहिले हुस्सु त कहिले कुहिरो लागेको बेला
निरासाले आकास यो मनको ढाकेको बेला
तिमी आउनू मनकोॲागनीमा सुन्दर प्रभात भर्नू
यो हृदयले आड भर तिम्रो न्यानो मागेको बेला।
मुक्तक २,
जानी जानीकन पनि नचाहिॅदो चाला चलाएर सकाएको देखियो
मासु मात्र नभएर कसैले हड्डी छाला चपाएर सकाएको देखियो
माीठो जीवनको मूल्य नजानेर धरलाई मन्दिर नसोचेर नठानेर
अनमोल जिन्दगी केवल मधुशाला बनाएर सकाएको देखियो।
मुक्तक ३,
जानी जानीकन पनि अझै ती हात बनाउन खोज्दैछन्
स्वार्थी दुश्ट ब्वाॅसोहरू देश वर्वाद गराउन खोज्दैछन्
जति लुटे चुसे पनि जननी जन्मंभूमि जति टुटे दुखेपनि
स्वाभिमान कुल्चेर अत्याचारको राज चलाउन खोज्दैछन्।
मुक्तक ४,
आफ्नैले आफ्नालाई दिएको यति घेरै कपट छल किन होला?
टुट्दै गएको न्यानोपन नाता बन्दै गएको कमसल किन होला?
आफ्नोपनको आभाष छैन आडिलो भर र विश्वास छैन अचेल
खुम्चिॅदै गएको न्यानोपन छुट्दै गएको प्रेम पलपल किन होला?
मुक्तक ५,
निश्वार्थ माया कमजोर बनाएर घुॅडा टेकाएर टेकिन सक्दैन
माया मनभित्र नै अटल रहन्छ बाहिर देखाएर देखिन सक्दैन
छाप बनि रहिरहन्छ निश्छल पवित्र र महक भइरहन्छ दिलमा
हृदयमा खोपेको प्रेमको न्यानो तस्बिर मेटाएर मेटिन सक्दैन।
***
प्रतिक्रिया
-
४
