
– ह्यारी बोण्ड
एक दिन संस्थाका सल्लाहकार आर एन अधिकारी, सचिव एस आर थापा र म बिचमा चिया संस्थाका भावी योजनाको बारेमा कुरा गर्दै गर्दा थापा सरले कविता प्रतियोगिता गरौँ न भन्ने प्रस्ताव राख्नुभयो । म र आर एन सर साहित्यिक संस्था नेतृत्व गरिसकेको हुनाले यो प्रस्ताव मन नपर्ने त कुरै थिएन । मैले अध्यक्ष ज्यू लगायत अन्य केहि साथीहरुसँग सल्लाह गरेर आगामी बैठकको मुख्य एजेन्डा नै बनाएर अगाडी बढियो । इछनमा रहेको हिमालयन करि हाउसमा बसेको संस्थाको बैठकले १९ जनवरी २०२५ आइतबार कविता प्रतियोगिता गर्ने निर्णय गर्दै आर एन अधिकारी ज्यूलाई संयोजक तोकियो ।
सल्लाहकार भूमिराज अधिकारीलाई स्पोन्सर खोज्ने जिम्मेवारी, उपाध्यक्ष सुन्याम गोरसलाई हल खोज्ने आदि जिम्मेवारी तोकेर काम बाँडफाँड गर्दै अगाडि बढियो । सामाजिक संस्थाले कविता प्रतियोगिता गर्ने कुराले उत्साहित त बनायो नै तर चुनौती पनि ठुलो थियो । ब्यानर बनाउने, पत्र, सम्मान पत्र, मायाको चिनो, कविता संकलन, कोडिङ, नतिजा आदि कामले कोरियाको कामको थकानमा भयङ्कर लोड दिएको हो तर कविताको मायाले उत्साह साथ काम गरियो । हुन त कोरियामा रहेका विभिन्न साहित्यिक संस्थाहरुले नेपाली भाषासाहित्यको लागि थुप्रै गतिविधि गर्दै आइरहेका छन तर कुनै सामाजिक संस्थाले यस्तो कार्य सम्भवत प्रथम हो कोरियाको लागि ।
३ हप्ताको समयमा अनलाइन मार्फत कविता आव्हान गरेर संकलित ३० कवितालाई कोडिङ गरेर तिन जना निर्णायकहरुलाई उत्कृष्ट १० छनोट गर्ने जिम्मेवारी सुम्पिइयो । संस्थाका महासचिवले कविता संकलन र कोडिङ गरि गोप्य रुपमा निर्णायकहरुलाई पठाइयो । निर्णायकहरु पनि एकआपसमा को को छौं भन्ने कुरामा जानकार हुनुहुन्नथ्यो । निर्णायक छनोट गर्नु झन चुनौती थियो। अधिकांश कविहरु समकालीन हुनुहुन्छ, वहाँहरु बिचबाट समालोचक कविहरु छानेर मैले व्यक्तिगत कुराकानी बाटै निर्णायक चयन । ब्यानर र सम्मानपत्र डिजाइन गरि सकेर कस्तो भो हेर्नु त भनि डिजाइन गुरु दिपक बन्जाडे सरलाई नयाँ बनाएर पठाइदिनु भो ।
निर्णायकहरुले व्यक्तिगत रुपमा प्रदान गर्नुभएको अंकलाई जोडेर कुल प्राप्ताङ्कका आधारमा उत्कृष्ट १० छनोट गरि उहाँहरुका कवितालाई नै फाइनलमा समावेस गरिएको थियो ।
प्रतियोगिताको अन्तिम दिन एक भौतिक कार्यक्रमका बिच कोरियाका विभिन्न सामाजिक तथा साहित्यिक संस्थाका प्रतिनिधिहरु उपस्थित कार्यक्रमका बिच उत्कृष्ट १० कविताहरु निर्णायकहरुले कवि स्वयम् द्वारा वाचित कवितालाई मुल्याङ्कन निर्णायकहरुको अंकद्वारा प्रथम स्थान कवि विजयता भण्डारीको कविता पर्खाइको समय, द्वितीय कवि सरोज भण्डारीको माटो हुने हौँ सब र तृतीय स्थान कवि डिइबी सिकारुको खुलासा कविता पुरस्कृत भएका हुन् । त्यस्तै गरि सान्त्वना स्थानमा कविहरु द्वय मुक्ति न्यौपानेको थकित योद्धा र कवि राजेन्द्र संयोगीको खबरदार कविता छनोट भएका थिए । विजेता कविहरुलाई क्रमश: ३ लाख वन, २ लाख वन, १ लाख वन र ५० हजार वन नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम सफल पार्न विभिन्न व्यवसायिक संस्थाहरु जेबी बैंक, सेन्ट बि रेमिट्यान्स, ड्रीम होराइजन टुर्स एण्ड ट्राभल, स्वयम्भु रेस्टुरेन्टको सहकार्यले कार्यक्रम भव्य बनेको हो ।
कार्यक्रममा तिन जना कोरियन कविहरु मुन छाङ्गिल, किम गुम्ने र इ गिजुको उपस्थिति र उहाँहरुका कविताले नेपाली र कोरियन साहित्यको सम्बन्धलाई थप प्रगाढ बनाउन पाउँदा थप खुसि लागेको छ । डायस्पोरामा रहेका नेपालीहरुको कविता प्रतिको प्रेम देखेर अत्यन्तै हर्षित भएको छु ।
कार्यक्रम सम्पन्न पश्चात हर्षित मुद्रामा टाउको हलुङ्गो महसुस भयो ।
(साहित्यमा सक्रिय गजलकार ह्यारी बोण्ड अनेसास कोरियाका निवर्तमान अध्यक्ष तथा ख्यङ्गी ख्वाङ्जु समाज दक्षिण कोरियाका महासचिव समेत हुन् ।)
प्रतिक्रिया
-
४