– प्रकाश पाठक
गजल १,
लाखौं करोडौं चिन्ता छ मेरो
बाँच्ने खुसीमा इच्छा छ मेरो
मेरा कहानी यी पढ्न सक्छौ !
बोली रहेको आँखा छ मेरो
मदहोश पार्यो प्यासी नजरले
ऊ सँग जिउने सपना छ मेरो
यो जिन्दगीको कस्तो सफर खै !
यात्रा भरी नै काँडा छ मेरो
यस्तै सहारा बन्ला र कोही ?
जस्तो छडी र चस्मा छ मेरो
आधा पगाली छोड्यौ तिमीले
आधा हृदय यो ढुङ्गा छ मेरो ।
गजल २,
हिँडेको, बुढीलाई एक्लै गर्भवती छोडेर हो
उसले जानू भनेकी पनि सबै बुझेर हो
प्रभु ! परदेशको अप्ठ्यारो लुकाएको
घरदेशमा हुनेले पिर मान्लान् भनेर हो
जोडिदा हानी हुँदैन नतोड सम्बन्धहरु
दुई बनेको पनि एक मा एक जोडेर हो
मान्छे ! किन सन्तुष्ट हुन सकेन ?
आफुसँग नभएको चिज भयंकर सोचेर हो
उचाईमा नि केहि छैन पुगेकाले भन्दैनन्
हामीले थाहा पाउने पनि त्यहीँ पुगेर हो ।
***
प्रतिक्रिया
-
४
