– कमला गौतम

१,
लेखाइमा दम दिदै अक्षरसँग रमाएको मान्छे
कलम र कापी साथमा हात समाएको मान्छे
रुचाउछ यस्तै यस्तै खोज्दैछ हो पारखीहरू
मुक्तककार हो उ चार हरफमा जमाएको मान्छे

२,
बचन हो तिखो र तितो भए यो मन रुन सक्छ
हरदम  मनमा बिझ्न सक्छ  यो मन छुन सक्छ
कुरा यस्तै लुकाएर राख्दाआफ्नै भलो हुन्छ भने
पीडा भित्र तर बाहिरी ओठमा मुस्कान हुनसक्छ

३,
म आकाश बन्छु,मान तिमी बादल बन प्रिया
राम्रो बन यस्तो कि अझ मिठो पल बन प्रिया
सबै भन्दा ठुलो  संसारमा के  हुँदोरहेछ भनन
माया भए छोप्ने दुई मनकोआँचल बन प्रिया

४,
साहित्य रसपान र  स्वाद कस्तो पता हरायो
नैतिक  जीवन न  विचार शैली  कता हरायो
दिमागको गुदी बिस्कुन झैँ छ पुस्तक भण्डार
तर पैसा खर्चेर ज्ञान किन्ने हाम्रो क्षमता हराय

५,

दशैं त आयो विक्षिप्त मनमा कहर हरायो
खुशी खोसिदियो  लाग्छ झैँ पहर हरायो
दुर्गा भवानीको कृपा बनोस दुःखमा साथ
दिदै छाक जुटाउन पाउन् अरू रहर हरायो।

प्रतिक्रिया

सम्बन्धित खवर