– सुरज गजुरेल

जून डढेर डल्लो अँङ्गारझै बनिदियो
जुनेलीले पोल्ने भो अब रात रात भरि
फूल पनि बलेर ज्वाला सरी भइदिए
सभ्यताका उज्याला यी दिनहरुमा …

पर क्षितिजपारि, टाढा कहीँ
के के हल्ला चलेछ
हुरी चल्ने भो अब
यहाँ मैदानमा, मेरो छेउ

हार जीतको खेल जिन्दगी
बाँच्न भुलेछ, जित्ने होडमा
सुगाले बोल्न, कोइलीले गाँउन छोडेको

खै मैले त सुनिन अझसम्म …

भुँईको आगो अकाशसम्म दन्केछ
भुमण्डल तातो छ बेस्सरी
अब बस्ने कसोरी, बाँच्ने कसोरी?

मान्छे रोई बसे, जनावर हाँस्ने हो कि अब फेरि?

लडाईँको सेरोफेरोमा
बुझौंन आज
हार्नेमान्छेले मुसुक्क हाँसिदिँदा
जित्नेको खुसी हरायो…

***

प्रतिक्रिया

सम्बन्धित खवर