– नवशिला

सारङ्गीको चुँडिएको  तार बनी बाँचेकोछु
आफैंलाई आफैं म त भार बनी बाँचेकोछु
सकिएन जित्न  यहाँ  दु:ख पिडा पिरलाई,
बर्षौ  देखि  यसरी म  हार बनी बाँचेकोछु।
१.
तिमीले जित्यौ मैले हारेँ पुग्यो मलाई अब
यो मुटुलाई  गाँठो पारेँ  पुग्यो मलाई अब
थाहै नपाई  खेलिएछ झुटो  प्रेमको खेला,
घात  गर्यौ  माया  मारेँ  पुग्यो मलाई अब।
२.
मेहनत गर्दै लाग्नुपर्छ बाँजो खेतलाई खन्न
लगाएर बाली हामीले  उब्जाउनु छ अन्न
कर्मको  फल   उठाएर भकारीलाई भरि,
बनाउनु छ सबलाई हजुर सबल टन्न मन्न।
३.
देख्नै  हुन्न उसले  हजुर प्रगति त देख्नै हुन्न
कसैले नि गरी खा’को उन्नति त देख्नै हुन्न
सधैँ कुरा काट्छ दुश्मन मेरो खेदो खन्दै,
लालची छ कमाएको सम्पत्ति त देख्नै हुन्न।
४.
थाहाछैन जिन्दगीको खुसी कसले लुट्यो
सँगै  जिउने  मर्ने  बाचा  खै कसरी टुट्यो
दैव  पनि निष्ठुरी भो  छल्यो हामीलाई नै,
घरजम  गर्ने  हाम्रो रहर ऐना सरि फुट्यो।
५.

प्रतिक्रिया

सम्बन्धित खवर