– ईश्वर पोखरेल

बाइकले पानी छ्यापेर निथ्रुक्कै पारिदिएछ— बुढो वीरमानलाई । आँखा देख्दैन— ऊ । लौरो टेकेर हिँड्छ ।
टोलका केही सज्जनहरूले वीरमानलाई  सडकको केही अनुकूल स्थानमा उभ्याएर रुमालले पानी पुछपाछ पारी दिए ।
वीरमानसँग बाइकवालाको नाममा अझै केही गालीका शब्द बाँकी थिए । ऊ अझै गाली फलाकी रहेको थियो । उसको गालीमा पुरुष लक्षित शब्दहरू थिए ।
कसैले भन्यो— ‘अचेल केटीहरूले पनि बाइक हाँक्छन्, मोटर कुदाउँछन् । केटाले कुदाउने बाइकले मात्र पानी छ्याप्छ र ?’
वीरमानले भन्यो— ‘अचेल केटीहरू पनि बाइक, मोटर हाँक्छन् रे लौ । केटी मान्छे सडक किनारमा हिँडेको म जस्तो बुढो मान्छेलाई पानी छ्याप्न पनि सक्छ त !?’
वीरमानको समझलाई करेक्सन गर्न कसैले सकेन ।
वीरमानको समझ जीवन अनुभवका आधारमा निर्माण भएको थियो । जिरह र तर्कका आधारमा होइन ।

***

प्रतिक्रिया

सम्बन्धित खवर