
✍️ विजय घिमिरे
मुक्तक – एक
प्याच्च बोल्छ यार खुब हेपेर खिल्ली उडाउछ
बेला वेलामा मै तिर पो हेरेर खिल्ली उडाउछ
हिजो मेरै पिढिउमा चडेर माथी माथी पुगेको हो
आज मेरो कुप्रिएको ढाड देखेर खिल्ली उडाउछ
मुक्तक – दुई
मन भित्रको पिर सुकाउन कसरी सक्नु यार
हासोले जिन्दगी सझाउन कसरी सक्नु यार
सपना देख्नलाई त निदाउनु पर्नि रैछ साथी
आँसुको तालमा निदाउन कसरी सक्न्नु यार
मुक्तक – तीन
खारानीझैं आगो निभेको ताप हराएको
धार झरेको खुकुरी अझै दाप हराएको
न कतै काम लाग्छ न रह्यो औचित्य कुनै
म नागरिकता भए औँठाछाप हराएको
मुक्तक – चार
हेर्दा पनि लोभ लाग्ने बेग्लै आकार बनाइदिनुस्
चम्किलो बनाइदिनुस् तिख्खर धार बनाइदिनुस्
मैले दुस्मनहरूसँग बदला लिनुछ ए आरनको दाइ
म फलामलाई कि खुखुरी कि तरवार बनादिनुस्
मुक्तक – पाँच
हुने छ एकदिन बहुत भब्य पुरा गर्दैछु
बनेर सुशील बनेर सब्य पुरा गर्दैछु
मेरा आफन्तहरूलाई झट्का लाग्ला
छिट्टै मैले सफल्ताको गन्तव्य पुरा गर्दैछु
प्रतिक्रिया
-
४