
✍️ श्रीबहादुर केसी शैलुङ्गे
मुक्तक – एक
न सरकार भेटियो न घरवार भेटियो
न्यायालयमा हेरे न खबरदार भेटियो
रित्तो मन रित्तो जीवन जिएर हर घडी
झुपडीको कथा जस्तै रहेछ न सार भेटियो।
मुक्तक – दुई
फिंँजाएर असरल्ल शिरवाट लामो केश
जानिराखौं समाजमा मिठो भाषा भेष
ज्यानको खातिर तन डुलाइ कति बसौ अब
हिड्नु पर्छ पाइतालाले नलागोस है ठेस।
मुक्तक – तीन
गाउँ बस्ती शहर बजार हारेको मान्छे भए
आफ्नो भन्ने कोही नहुँदा माया मारेको मान्छे भए
कर्म हो कि भाग्य यस्तै जहाँ तही ठेस लाग्ने
मृत्यु पश्चात शरीर गली सारेको मान्छे भए ।
मुक्तक – चार
संघर्ष नै सफलताको सिंढी चढ्ने बाटो बनोस्
पसिनाको मूल्य जस्तै गुन्द्रुक ढिडो आँटो बनोस्
नित्य कर्म गरेर काम मेहनतको फल पाउन
फलाएर अनाज वाली बोट विरुवालाइ माटो बनोस्।र्
मुक्तक – पाँच
यो मन कहिले पिरमा हुन्छ कहिले बनाइ झिरमा
समर्पणको त्यागी बन्दै नित्य डुलाइ तक्दिरमा
आफ्नो भाग्य यस्तै खोटो दोष दिने ठाउँ छैन
अनजको भारी बोकि डुलाउदै नजर शिरमा।
प्रतिक्रिया
-
४