– मान भुजेल
मुक्तक १
देख्नेलाइ पो झमल्ल बलेको छ यो जीवन
भोग्नेलाइ त पीडाले धसेको छ यो जीवन
टाल्दा टाल्दै भाग्यले साथ नदिएपछि
आँशु बनेर झरनाझैँ झरेको छ यो जीवन ।।
मुक्तक २
श्रमगर्नेहरू एक ठाउँ आउँदा विकास हुन्छ
नमिलेको बिषय छ्लफल गर्दा निकास हुन्छ
प्रतिकुललाई अनुकुल बनाई काम गर्यो भने
आत्मविश्वास र सुरक्षाको आभास हुन्छ ।।
मुक्तक ३
पशु हुँदा पनि, शान्त छन्, प्रेमको अपार संसार छ
गुमाउनु केही छैन, साँच्नु छैन सभ्यताको छुरा प्रहार छ
निस्वार्थ कर्मको डुंगा तर्न सजातियता नचाहिनु पर्ने हो
मान्छे स्वार्थी छ, सर्बश्रेष्ठको अहंकार बोक्नु बेकार छ ।।
मुक्तक ४
जरुरी छैन हरेक सम्बन्धलाई नातामै बाँध्नुपर्छ भन्ने
जरुरी छैन कसैसंग आफ्नो जिउने बाटो दाँज्नुपर्छ भन्ने
वियोगमा पनि सान्त्वना देखाउन सकेनौ तिमीले
अब नसोचे हुन्छ मेरो जीवनको सिमाना नाप्नु पर्छ भन्ने ।।
मुक्तक ५
हिड्दै डुल्दै प्रकृतिसँग रमाऊन सकूँ म
हास्दै खेल्दै अरुलाई पनि हंसाउन सकुँ म
उदासीमा कस्को समस्या समाधान भएको छ र ?
त्यसैले सधैँ सकारात्मक सोच बनाउन सकुँ म ।।
***
प्रतिक्रिया
-
४