
– अनिल भण्डारी उदाश
१:मुक्तक
बेलाबेला बाडुल्ली दिउँला तेराई सम्झनामा
यो बाली बैस एक्लै जिउँला तेराई सम्झनामा
मायाजाल को पाटन देखाई उकालीमा छाडी
तिर्खा लाग्या आँसु पिउँला तेराई सम्झनामा
२:मुक्तक
म एकदिन पक्कै बदला लिन्छु ख्याल गर
इटको जबाफ पत्थरले दिन्छु ख्याल गर
तिमीले मलाई गुलेलीले हिर्कायौ ठिक छ
तिमीलाई हिर्काउन बन्दुक किन्छु ख्याल गर
३:मुक्तक
मेरा चाहाना पूरागर्ने चारधाम तिमी हौ
गर्मीको सितल जाडोको घाम तिमी हौ
तिमीलाई भेटेपछि सपना देख्न छोडे
हजारौं सपनाको पुर्णविराम तिमी हौ
४:मुक्तक
जब एकान्तमा बिगत सम्झन्छु तिमी नबोल्दा
एक्लै बरबराउछु के के भन्छु तिमी नबोल्दा
तिमी विना पनि म जिउन सक्छु कसरी भनौ
एकैछिनमा जिउँदो लास बन्छु तिमी नबोल्दा
५:मुक्तक
बदलाको सोच नबोक एकदिन सकिनु पर्छ
तिमी यादगर धेरै उम्लिए पछि पोखिनु पर्छ
को बुझाउला तिमीलाई यत्ति कुरा जिवनमा
उचाईमा पुगेको बादलले अवस्य बर्षिनु पर्छ
***
प्रतिक्रिया
-
४
-
१०