-प्रकाश जोशी

मुक्तक-१

नत कत्ति सरम रहेछ, नत लाज रहेछ
दुनियाँको मन मुटुमा तिम्रो राज रहेछ
हिजो मलाई छोड्यौ, आज साथिलाई
प्रिया तिम्रो धोका दिने कामकाज रहेछ

मुक्तक-२
अर्कैको लगाई सिन्दुर चुरा भए भएन
यो मुटु माथि रोपियो छुरा भए भएन
उसलाई दिलकी~ रानि बनाई राख्ने
सपना सपनै रह्यो पुरा भए भएन….

मुक्तक-३
याद~ आउला बेलाबेला चित्त बुझाउनु
नभिजाई आँखाका परेला.. चित्त बुझाउनु
तिमी अर्कैकी बन्नु पर्यो,म अर्केको बन्नु पर्यो
यस्तै रहेछ… भाग्यको खेला चित्त बुझाउनु

 

मुक्तक-४
पिडा भयो झन अति म कसरी हासुँ
मुटु पोल्छ भतभति म~ कसरी हासुँ
छ महिनाको दूधे बालक घरमै छोडेर
पोइल हिडी श्रीमती म कसरी हासुँ

मुक्तक-५
झगडा गरिरहन्छे अति दुःख पाइयो
चोट खाए कति हो कति दुःख पाइयो
बिहे पछि सुख पाउँला भनि सोचेको थे
गतिली नपर्नाले श्रीमती दुःख पाइयो

***

प्रतिक्रिया

सम्बन्धित खवर