✍️ खेमराज पोख्रेल

र, ऊ फटाफट कोठाबाट बाहिर निस्की । गाडी स्टार्ट गरी । र, अस्टिन सहरका व्यस्त गल्लीमा बिलाई ।
०००००

म अझै ओयासिसमै छु । ओयासिस अझै सुतेको छैन । मातेका मान्छेका तालतालका बातहरू सुनिँदै छन् । ऊ त गई, तर म कहाँ जाऊँ ? आज रात यतै बस्छु । अनामिकाका सुगन्ध यसै कोठाभित्र छरिएको त छ । त्यसैले मैले कल बेल थिचेँ । वेटर देखा पर्यो र भन्यो — हाउ क्यान आई हेल्प यु सर ?
मैले भनेँ — सिङ्गलमाल्ट प्लिज ।

आइसका क्युबहरू ग्लासभित्र पग्लिँदै छन् । यी आइसका क्युबहरू कत्ति भाग्यमानी छन् । कम्तीमा सिङ्गल माल्टलाई म्वाइँ खाइरहेका छन् । आइसका क्युबमा म रूपान्तरित भएँ । सिङ्गल माल्टको नसामा अनामिका रूपान्तरित भई । स्कच ग्लासमा घोलिएको जिन्दगीमा रमाएको छु । अद्र्ध होसमा छु सायद । पूर्वदीप्तिमा पुगेको हुन सक्छु ।

त्यो दिन काममा तल्लीन थिएँ म । मेरो अफिस कोठाको सिसाको ढोकालाई कसैले ढकढक्याएको थियो ।
मैले मुन्टो नउठाई भनेको थिएँ — यस, कम इन ।

मेरो च्याम्बरमा एक जना अलि प्रौढ देखिने सुटेडबुटेड लोग्नेमान्छे र एक जना परिधानले सुसज्जित वयस्कको खुट्किलो चढेजस्तो देखिने महिला थिए । कुराकानीका क्रममा थाहा भयो कि उनीहरू ६ महिना पहिले क्यालिफोर्नियाबाट अस्टिन बसाइँ सरेका रहेछन् । सोसल सेक्युरिटीका लागि आएका रहेछन् । ती दुई दम्पती थिए । र, तिनीहरूको आकृति र रूपलाई हेर्दा दक्षिण एसियाका होलान् जस्तो लाग्थ्यो ।
काम गर्दैगर्दा मैले उनीहरूलाई सोधेको थिएँ — हाउ क्यान आई हेल्प यु ?

वयस्क मान्छेले सायद कान सुनेन । अनि महिलापट्टि फक्र्यो । महिलाले सुस्तरी जवाफ दिइन् — वी आर फ्रम गुजरात इन्डिया । वी निड सोसल सिक्योरिटी ।

मैले भनेको थिएँ — बेसिकली, आई एम फ्रम नेपाल, अ निबोर अफ इन्डिया ।
त्यो महिलाले तुरmन्त मलाई भनेकी थिई — थ्याङ्क यु ।

काम गरिदिएको थिएँ । बूढाले हात अघि बढाएका थिए । हात मिलाएका थियौँ । त्यसपछि त्यही महिलाले आफ्नो भिजिटिङ कार्ड थमाउँदै मसँग हात मिलाएर भनीथी — आई एम अनामिका पटेल एन्ड माई हसबेन्ड राघव पटेल ।

यसो भनिरहँदा उसले मेरो हातलाई समाएकै थिई । अनि मजाले मुस्कुराएकी थिई । मुस्कुराउँदा परीझैँ सुन्दर देखिएकी थिई । मैले पनि आफ्नो भिजिटिङ कार्ड दिँदै औपचारिकतावश भनेको थिएँ — आई एम हिमेश सत्याल । ईफ एनी प्रब्लम, कल मी विदाउट हेजिटेसन ।
उसले तत्क्षण भनेकी थिई — ‘ओके सर । एस, ईट्स एमेजिङ’ भन्दै ऊसहित उनीहरू बाहिरिएका थिए ।

म भने उसको सुन्दरतालाई हेरिरहेको थिएँ । उसको लोग्ने निकै बूढो देखिन्थ्यो भने ऊ वयस्कको खुट्किलोमा थिई । सूर्य अस्ताउन केही समय बाँकी रहेको ओयासिस दृश्यजस्तै सुन्दर देखिन्थी । वक्षस्थल उचालिएका थिए । गहुँगोरो अनुहारमाथि लगाएको मेकअपले झनै सुन्दर बनाएको थियो । दाँतमा सिपालु दन्त्य चिकित्सकको सिप देखिन्थ्यो । झरिझुट्ट गहना लगाएकी थिई । कुर्ता र सुरmवाल लगाएकी थिई । पछाडि फर्कँदा खिरिलो कम्मर र पोटिलो पिछाड लोभलाग्दो देखिएको थियो । कुर्तामाथि रहेको चिप्लो सल घरीघरी झरिरहन्थ्यो । ऊ त्यो सल टिप्न निहुरिन्थी । यसरी निहुरिँदा उसका वक्षस्थलको अग्लाईहोचाई मजाले देखिन्थ्यो । त्यो लाग्दथ्यो कि दुई टाकुरा उक्लने बीचमा रहेको देउराली जस्तो क्लिभेस सम्म थियो । त्यो सम्म भाग पनि निकै मनमोहक थियो ।

उनीहरूको सम्पन्नता मेरो आँखाअगाडि नै झल्केको थियो । सम्पन्नता पो जीवनको सार हो भन्ने निष्कर्षमा पुगेको थिएँ म ।
तर समय र कामको चापले यस्ता बैँसालु घटना मेरा दिमागमा आउँथे र जान्थे । समन गर्थेँ र बिर्सन्थेँ । अफिसमा सोसल सेक्युरिटीका लागि संसारभरिका कति मान्छे आए र गए, के मेसो पाउनु पनि र ?

एक दिन अफिसमा काम गरिरहेको थिएँ । मेरो निजी मोबाइल बजेको थियो । उठाएर हेरेको थिएँ । अनामिकाको रहेछ । फोनमा उसले भनीथी — मिस्टर हिमेश, मेरा तो सोसल सिक्योरिटी गुम हो गया । फिर दुसरा लेना पडेगा । क्या आप मुझे हेल्प कर सकते हो ?
मैले भनेको थिएँ — आ जाइए अफिस पर । देखेङ्गे, मै क्या कर सकता हुँ ।

मेरो अफिस ५ बजे छुट्ने थियो । ऊ ४ः३० मा आई । ड्राइभरलाई गाडीमै राखेर ऊ एक्लै आएकी थिई । साथमा उसको बूढो थिएन ।
उसको काम सकभर चाँडो गरिदिएँ । किनभने अफिस छुट्टी हुने बेला भइसकेको थियो । काम सकेपछि उसले मलाई जिस्किने पारामा भनी — हिमेश, क्या आप मुझे चायके लिए नही बोलोगे ?

मैले हतार हतार भनेको थिएँ — हाँ हाँ क्यु नही ?, इट्स माई प्लेजर ।
नजिकैको क्याफेमा गएर हामीले चियाचमेना गर्यौँ । धेरै बेर गफियौँ । उसले आफ्ना बारेमा धेरै कुरा बताई । विजनेस, घर तथा सम्पत्तिका कुरा बताई । यसो भनिरहँदा उसको अनुहारमा सम्पत्तिको गौरव टडकारो देखिन्थ्यो । मैले पनि आफ्नो बोक्रोबोक्रो कुरा बताएँ । त्यसरी त्यो दिन ऊ गएकी थिई ।
हाम्रो सौहार्द भेट यस बीचमा धेरै पल्ट भयो । बिस्तारोबिस्तारो नजिकको साथी जस्तै भयौँ ।

क्याफेमा उसले नजानिँदो तरिकाले मेरो हात सुम्सुम्याएकी थिई । सुम्सुम्याइले मेरा उच्छवासमा प्रहार गरेको थियो । उसको अर्थपूर्ण हेराइले म घायल भएको थिएँ । मैले तन्द्रामा नै उसलाई मेरै ओछ्यानमा खोजेँ । उसलाई अँगालो हाल्न खोजेँ । तर ऊ त आउनेवाली थिइन । यो एउटा तन्द्रा थियो । यो कुरा अव्यक्त यौन मनोविज्ञानको कारणले भएको थियो । म सोच्दै थिएँ क्याफेमा हिँडिरहेको बेला किन मेरो हात समाएकी होली उसले ? उफ !
ओयासिसमै अनामिकाको सम्झनामा मध्य रात कटिसकेको छ । साथ दिने स्कच छ । स्कचको मातले घरी छोडेको छ । घरी समातेको छ । निद लागेको छैन ।

त्यसै बेला मेरी पूर्वपत्नीले फोन गरिन् — हिमेश ! तिमी अझै सुतेका छैनौ ? भन त तिमीले किन अर्को बिहे नगरेको हँ ? अमेरिकामा बसेर पनि नेपाली विचार राख्ने हो त ? जुनी एक बारको हुन्छ । ल बिहे त गरेनौ रे तर गर्लफ्रेन्ड त हुनुपर्यो नि ? तिमीलाई थाहै होला बैँस सञ्चित हुँदैन । यसको भरपूर उपयोग गर्नु पर्छ । जति उपयोग गछौँ त्यति उर्वर हुन्छ ।

तर म आफ्नो भाग्यलाई आफैँ कोस्दै छु । मेरो ओछ्यानमा मेरी श्रीमती नभएको ४ वर्ष भइसकेको छ। मेरी श्रीमती नेपाली नै हुन् । नेपालमै छँदा अग्नि साक्षी राखी वैदिक बिहे गरेर हामी आएका थियौँ । उनले र मैले जीवनको याने कि जन्मजन्मान्तरका अनेकौँ बाधाहरू पार गर्ने वाचा गरेका थियौँ । जिन्दगीका जँघारहरू तर्ने प्रण गरेका थियौँ । तर त्यसको ५ वर्षपछि नै त्यो वाचा गहिरो चिरा परेको काठजस्तो भइसकेको थियो । हाम्रा बीचमा कुराहरू मिल्न छोडेका थिए । सायद उनलाई र मलाई पनि अमेरिकी व्यक्तिगत स्वतन्त्रता प्यारो लाग्न थालेको थियो । सायद म नेपालकै पुरmषवादी समाजको धङधङीमा थिएँ । उनी बराबरीको हैसियत खोज्थिन् सायद ।

उनी मनमौजी हुन खोज्थिन् । म मनमौजी हुन खोज्थेँ । नेपालमा दमित भएको उनको इच्छा सायद अमेरिका आएपछि जोसिलो भएको थियो होला । म पनि आफू अमेरिकी संसारमा रमाएको थिएँ होला । मेरी श्रीमती र मेरा बीचमा कुरा नमिल्नुका कारण यस्तैयस्तै थियो जस्तो लाग्छ । आर्थिक अवस्थाभन्दा पनि सामाजिक बन्धन थियो । बन्धनमा बाँधेको साँढे उन्मुक्तिपछि आलीधुर भत्काउँदै हिँडेझैँ डुक्रिने मानसिकतामा थियौँ हामी । हाम्रो एउटा छोरो थियो । उनले पारपाचुके मागिन् । अदालतले मिलाउन प्रयाश गर्यो । तर हामी यति पर पुगिसकेका थियौँ कि पारपाचुके भइछाड्यो । अदालतले उनको आग्रहमा छोरो मेरो जिम्मा लाइदियो । उनी फुकाफाल भइन् । मैले यसलाई बाध्य भएर स्वीकार गरेँ । छोरालाई १८ वर्षसम्म यसैगरी पाल्नु छ मैले । त्यसपछि छोरो पनि अमेरिकी स्वावलम्बी समाजमा भासिन्छ । न मेरी पूर्वपत्नीको हुन्छ, न मेरो ।

मैले अहिलेसम्म अर्को बिहे गरेको छैन । बुवाआमा भनिरहनु हुन्छ — नेपाल आइज र एउटी सुकन्या बिहे गरेर लिएर जा ।
एक मनले सोच्छु कुरा ठिकै हो । तर साथीहरू भन्छन् — एउटी नेपाली बिहे गरेर तेरो यो हाल भयो । बरm अब यतैकी केटी बिहे गर । कम्तीमा स्वार्थी त हुँदैनन् । तँ त अमेरिकी नागरिक होस् यार ! नेपालमा त पेपरका लागि अमेरिकी ग्रिनकार्ड र सिटिजनसँग बिहे गर्ने फेसन नै चलेको छ । ती बिहे गरेर अमेरिका आउँछन् । र, अमेरिकी स्वतन्त्रताको स्वाद पाउनेबित्तिकै छोडेर अर्को बिहे गर्छन् ।
मेरी पूर्वपत्नीले भने हाकाहाकी एउटा अफ्रिकन मूलको धनाढ्य केटो ब्वायफ्रेन्ड राखेर बसेकी छिन् । उनको ब्वायफ्रेन्ड उनीभन्दा ४ वर्ष कान्छो छ । हाँसीखुसी छिन् ।

मेरी पूर्व पत्नीका कुरा सुनेर म तीन छक्क पर्छु । उनले गरेका÷भनेका तथा अनुभूत गरेका सबै कुराहरू एकदम जायज छन् । तर म फेरि बिहे गर्ने मुडमा छैन । छोरो छ । अफिस, काम, ग्रोसरी तथा साथीभाइ भेट्दा नै मेरो समय बितेको छ । फेरि अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ भनेझैँ भएको छु । मेरो अवस्था यस्तै भएको छ ।

हो, त्यही स्कचको ग्लासको रमरममा मैले भर्खरै छुट्टिएकी अनामिकालाई सम्झेको छु । श्रीमतीसँगको पारपाचुकेपछिको एक्ले मनोविज्ञानका बेला अनामिका भेटिएकी थिई । ऊ बेलाबेलामा फोन गर्थी र मलाई ऊसँगको सम्बन्ध ताजा बनाइरहन्थी । र एउटा मीठो कुत्कुतीजन्य राग फ्याकिरहन्थी । म त्यही रागमा मदहोस भइरहन्थेँ ।

त्यो दिन उसले मलाई फोन गरी — हिमेश ! तिमी आज बेलुका ५ बजे ओयासिस होटलमा आऊ है । त्यहाँको इटालियन डिस निकै मजेदार हुन्छ । तर खर्च म गर्छु नि । तिमी खर्च गर्न पाउन्नौ । नत्र त लोग्नेमान्छे त महिला साथीसँग होटल जाँदा आफैँले पैसा तिर्न सकेनन् भने दिग्दार मान्छन् । पुरmषप्रधान सोच छ तिमीहरूमा ।

मैले अचम्म मान्दै सोधेको थिएँ — सधैँ त ५ बजे घर पुगिसक्नु पर्छ भन्थ्यौ त ? आज ५ बजे ओयासिस पुगेर कति बेला सम्म बस्ने हो र ?
उसले फेरि भनेकी थिई — हो आज अलि अबेलासम्म बस्ने । मेरा श्रीमान् गुजरात जानुभएको छ । ड्राइभर विदामा छ । छोराछोरी नातिनातिना पनि क्रुज गएका छन् । एक्लै छु । बोर भएकी छु । ओयासिसको सुन्दर प्रकृति हेर्न मन छ ।

दक्षिण एसियाली समाजले सोच्ने गरेका सबै सुबिधाहरू थिए ऊसँग । मेरा विचारमा ऊ भाग्यमानी थिई । म भने आफूलाई निकै दुःखी महसुस गरिरहेको थिएँ । अमेरिकाको जीवन धान्न मलाई हम्मेहम्मे परिरहेको थियो । छोराको हेरविचार र उसको खर्चको जोहो गर्नुपथ्र्यो । घर, बिमा, तथा अनेकौँ मोर्गेजहरू तिर्दातिर्दा हत्तु भएको महसुुस गर्थेँ । तर ऊ भने ओयासिस जस्तो महँगो होटलमा मलाईसमेत लगेर मनमौजी खर्च गर्न तयार थिई । उसको पो जीवन !

ओयासिसमा म पुग्नुभन्दा पहिले नै ऊ पुगिसकेकी रहिछे । म पुग्नेबित्तिकै उसले मेरो यस्तो खातिरदारी गरी कि म छक्क परेँ । मानूँ उसको लागि म अति महत्त्वपूर्ण मान्छे हुँ । ऊ पूरै इम्ब्रोइडरी गरिएको गुलावी रङको कुर्ता पाइजामामा आएकी थिई । त्यसमाथि आकाशे रङको नीलो सल थियो । ऊ यति सुन्दरी देखिएकी थिई कि म त उसलाई एकटकले हेरिरहेको रहेछु । यस्तैमा उसले भनी — यो दक्षिण एसियाका मान्छेको तालै नहुने । महिला देख्यो कि खाउँलाझैँ गरेर ट्वाल्ल परेर हेरिरहने ।

म उसको पछिपछि ओयासिसकै कोठामा गएको थिएँ । कोठा साँच्चै महँगो खालको थियो । कोठाको भित्तामा प्रेम, शृङ्गार तथा यौन झल्काउने अमूर्त चित्र थियो । म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । झ्यालबाट सूर्यास्तको दृश्य देखिँदै थियो । अस्ताउँदै गरेको सूर्यको रातोपहेँलो प्रकाशले त्यहाँबाट देखिने डाँडाकाँडालाई राताम्य तथा पहेँल्याम्म पारेका थिए । तल खोँचमा सङ्लो पानी बगाइरहेको खोला सूर्यको प्रकाशमा मोतीझैँ टल्किरहेको थियो । वातावरण साँच्ची मोहनी लाउने खालको थियो । उसले मलाई पछाडिपट्टिबाट अँगालो हाली र भनी — हिमेश, तिमीलाई थाहा छ, मैले तिमीलाई आज यहाँ किन बोलाएको ?

मैले बुझ पचाएर अलि गम्भीर भएरै भनेको थिएँ — सदाझैँ कफी पिउन ।
ऊ मजाले हाँसेकी थिई र भनेकी थिई — होइन । आजको प्रयोजन कफी मात्र पिउने होइन । आज उन्मुक्त भएर स्कच पिउने हो । र मेरो कथा÷व्यथा तिमीलाई सुनाउने हो । आफ्नो कथा सुनायो भने मन हल्का हुन्छ । मलाई लाग्छ कि तिमी मेरो कथा सुन्न लायक मान्छे हौ । मेरो कथा बुझ्ने मान्छे हौ । सुपात्र हौ । नत्र त मान्छेको कथा मान्छेलाई सुन्न कहाँ फुर्सद हुन्छ र ?

स्कचको चुस्की लाउनेबित्तिकै उसले भन्न थालेकी थिई — तिमीलाई थाहा छ ? म मेरा श्रीमान्को तेस्री श्रीमती हुँ ।
मैले अचम्ममा परेर यत्रो मुख बाउँदै भनेको थिएँ — आम्ममा तेस्री ?

अनि उसले भनेकी थिई — हो म उसकी औपचारिक तेस्री हुँ । उसकी पहिलो स्वास्नीले मुख लागी तथा परिवारभित्र आफ्नो स्थान खोजी भनेर मट्टीतेल छर्केर डढाएर मारेका रे ।

‘अनि दोस्री ?’ मैले हठात सोधेको थिएँ ।
उसले फेरि भनी — उसकी दोस्री श्रीमतीले त त्यो परिवारको टर्चर खप्न नसकेर आफ्नै ड्राइभर लिएर भागी रे । कता छे ऊ पत्तो छैन ।
म स्तब्ध र चुप भएको थिएँ ।

ऊ बोल्दै गई — म गरिब परिबारकी थिएँ । मेरा बाबुआमाले मेरो बिहे ऊसँग सम्पत्तिकै लागि गरिदिए । मेरो सुखकै लागि भनेर गरिदिए । बिहे हुँदा म १४ वर्षकी थिएँ । मेरो लोग्ने ३५ वर्षको लक्का जवान थियो । उसका सबै यौनिक क्रियाकलापलाई मैले महिलाको जिन्दगी यस्तै होला भनेर सहेर बसेँ । उसका अनावश्यक हरकतलाई चुपचाप सहेँ । कहर तथा पीडा पनि सहेँ । ज्ञान पनि थिएन । चेत पनि थिएन । आँट पनि थिएन ।

टेक्नेसमाउने माइती पनि थिएनन् । कसैलाई भन्न हुने कुरो पनि थिएन । फेरि विद्रोह गरिहाले पनि विवाहितालाई बिहे गर्न कुनै लोग्नमान्छे तयार हुँदैन भन्ने बारेमा मलाई थाहा थियो । त्यसैले त्यो परिवारले दिएका मानसिक, भौतिक तथा सामाजिक सांस्कृतिक पीडा मैले सहेँ । उसका भौतिक कुटाइहरूलाई अभिषप्त सहेँ । तिमी यसरी बुझ म मोल तिरेर ल्याइएकी बाँधा थिएँ । ऊ ममाथि मनमौजी गथ्र्यो । मलाई थाहा थियो, ऊ हाकाहाकी वेश्यागामी पनि थियो । तर बोल्न पाइन्नथ्यो । म चुपचाप जोतिन बाध्य गोरmले झैँ कुटाइ सहन्थेँ । एकान्तमा आँशु झार्थेँ । मेरो नियति यस्तै थियो ।

यसो भनिरहँदा उसका आँखाबाट आँशु झरिरहेका थिए । मैले उसको आँशु टिस्यु पेपरले पुछिदिएँ । केही बेरपछि उसले भन्न थाली — तर जब म जवान भएँ । ममा अजस्र यौन आवेगहरू आउन थाले, ऊ बूढो भइहाल्यो । ऊ शिथिल भइहाल्यो । उसको मर्दाङ्गी खलास हुन थालेको थियो । तिमीले कुरा बुझ्यौ नि हिमेश ?

म उसमा चढ्दै गरेको गालाको लालीमा उसको बैँसको बाढी देख्न थालेको थिएँ । उसमा ज्वालामुखी फुट्न थालेको थियो । तर म भने सोचिरहेको थिएँ कि उफ ! पैसाका लागि यो संसार कुदिरहेको छ । तर मेरो सुखीखुसी मान्छेको रोलमोडेल अनामिका यत्रो मानसिक तथा शारीरिक संकटबाट गुज्रेकी रहिछे । उफ ! के रहेछ र मान्छेको जीवन ? महिलाको जीवन ?

ऊ फेरि भन्दै थिई — आजका दिनमा ऊ सामाजिक रूपमा मेरो लोग्ने त हो तर सेक्स पार्टनर होइन । ऊ निकम्मा भइसकेको छ । बरm मलाई नै अरुसँग सल्केको भनेर शंका गर्छ । निगरानी गर्छ । तर ऊ मानसिक ताडना दिन भने अझै छोड्दैन ।

एक छिन वातावरणमा सन्नाटा भयो । अनि मैले डराइडराइ सोधेँ — तिमीले पनि अर्को सेक्स पार्टनर खोज्नु थियो नि त ?
उसले आफूलाई नियन्त्रण गर्दे भनी — गुजरातमा छँदा त यो कुरा सम्भव नै थिएन । त्यो भनेको मृत्युवरण थियो । सोझै मृत्यु थियो । तर अहिले अमेरिकामै भए पनि खुला रूपले सेक्स पार्टनर खोज्न त जोखिमको काम हो । लरतरो मुटु र आँटले अर्को सेक्सपार्टनर खोज्न कहाँ सकिन्छ र ? सारा समाज, परिवार तथा लोग्ने यो बारेमा निकै सतर्क हुन्छन् र खुफिया विचार राख्छन् । अमेरिकामा भए पनि म बाँचेको संसार इन्डिया नै हो । गुजरातकै संस्कृति चालचलन यहाँ हाम्रो समाजमा छ । पहिलो पुस्ता त्यस्तै कट्टर छन् । म त अमेरिका आएको पहिलो पुस्ता हुँ नि । मलाई समाजले अमेरिकी जनताले पाएको छुट कहाँ दिन्छ र ? अलिकति छुट चाहिएमा चोर्नु पर्छ । ढाँट्नु पर्छ ।

एक छिन ऊ चुप लागी । स्कचको एक सुरmप तानेर आँशु पुछ्दै उसले आफ्नो भनाइलाई अघि बढाई — भो छोडिदेऊ ती कुरा । ती बिते । बितेका कुरामा कति गुनासो गर्नु । संसारले हेर्दा म सुखीखुसी छु । आफ्नो सुन्दर संसार छ । साथमै लोग्ने छ । ४ छोरा छन् । २ छोरी छन् । सबैको विवाह भइसकेको छ । नातिनातिना छन् । अमेरिकाका प्रमुख सहरमा घरहरू छन् । ड्राइभरसहितको निजी गाडी छन् । भाषामा तथा सम्बोधनमा खान्दानी आडम्बर छ । समाजमा सभ्रान्त ठानिन्छौँ । प्रतिष्ठित छौँ । दक्षिण एसियाली दृष्टिले हेर्ने हो भने सबै थोक छ । सम्पन्न छौँ । खर्च गर्न पैसाको कुनै समस्या छैन ।

मैले थपेँ — हो त नि । पैसा पनि जिन्दगीको एउटा लक्ष त हो नि ।
अनि उसले मलाई सोधी — त्यो त हो । तर तिमी नै भन त हिमेश, स्वर्ण जेलमा लोग्नेका तुच्छ वचनरूपी कोर्रा खेपेर बासमती चामलको भात खाएर त्रसित जीवन बिताउन राम्रो कि खहरे खोलाको किनारको झुप्रोमा माया गर्ने लोग्नेको अँगालोमा निर्भय अलमस्त निदाउनु राम्रो हो ?
म के भनूँ भनूँ भएँ । त्यही पनि भने — त्यसो त लोग्ने र स्वास्नी बीचको माया जत्तिको सुखद कुरा संसारमा केही छैन । तर सबै जोडीलाई यो सौभाग्य कहाँ प्राप्त हुन्छ र ?

अनि उसले भनी — हो त्यही भएर आजका दिनमा याने कि सुनको पिँजरामा कैद भएको बेला सम्झिरहेकी छु मैले त्यो मेरो लोग्ने भन्ने मुर्दारलाई बेलैमा किन छोडिनँ ? त्यो ड्राइभरलाई भगाउने मेरी सौताले झैँ मैले उसैको पालेसँग किन भाग्न सकिनँ ? त्यो मेरी सौता कति भाग्यमानी होली ? कस्ती आँटिली होली ? कम्तिमा आफ्नो जीवन त बाँच्न पाई । मैले त सारा जीवन अरूकै लागि कहरपूर्ण तरिकाले बिताएँ नि ।
त्यो बेला म संसारका अवयव तथा विचारहरूको कल्पना गरिरहेको थिएँ । उफ ! संसारका मान्छे सम्पत्ति, खानदान, चलन, संस्कृति भन्दै अन्ध भएको छ । मान्छे पूरापूर भौतिक वस्तु हुने दौडमा छ । उफ ! कति जटिल छ यो संसार ?
रन्का अलिअलि लाग्न थालेको थियो । अनि उसले भनी — आज म तिमीसँग एक थोक माग्छु । तिमी दिन्छौ ?
मैले भनेँ — तिमी सबै कुराले परिपूर्ण छौ अनामिका । मसँग तिमीलाई दिने के छ र ?

उसले राताराता गाला पारेर भनी — आऊ, तिमी र म यो सुरक्षित स्थानमा सम्भोग गरौँ । बिनाडर, बिनाकहर, बिनात्रास । केवल बराबरीको हैसियतमा । हो बराबरीको हैसियतमा तिमी र म सम्भोग गरौँ । यौनको महिलाले दिने र पुरmषले लिने दर्शनबाट मुक्त भएर बराबरी दर्शनमा सम्भोग गरौँ । जहाँ तिमीले दिन्छौ, म पाउछु । म दिन्छु तिमी पाउँछौ । याने कि हामी दुवै एकाकार हुन्छौँ । प्रेममा जस्तै प्रेमील होऔँ । हामी दुवै बराबर हैसियतमा सम्भोग गरौँ ।

त्यो बेला उसको अनुहारमा आभा झल्किएको थियो । सम्भोगपछि पनि अनामिका एक छिन उही सम्भोगीय मुद्रामा सुतिरही ।
यसै क्रममा उसले भनी — हिमेश ! तिमी पत्याऊ है । आज थाहा भयो, मेरो लोग्नेले मलाई भौतिक सुबिधा दिएर जिन्दगीभरि रेप गरिरह्यो । रेप कति कहरपूर्ण हुन्छ मैले थाहा पाएकी छु । त्यही रेपमा छोराछोरी जन्माएँ । मेरो जीवनभरि मैले आजजस्तो सम्भोग गरेको थिइनँ । मेरो लोग्नेलाई मन लागेपछि आउँथ्यो । खालीखलास हुन्थ्यो र अकोतिर फर्केर सुत्थ्यो । मेरो इच्छा वा अनिच्छाको केही अर्थ थिएन । मेरो आर्तनादमा ऊ खुसी हुन्थ्यो । आफूलाई पुरmष ठान्ने कथित घमण्ड गथ्र्यो । तर तिमी विश्वास गर, जिन्दगीभरि आजजस्तो मेरो ओछ्यान कहिल्यै भिजेन ।
होटलको घडीले रातको १२ बजेको घन्टी बजायो । उसले भनी — अहो ! बाह्र बजी सकेछ ।

ऊ हतारहतार उठी । उसको अनुहारमा प्रशन्नता देखिएको थियो । आँखाको ज्योति बलेको थियो । बाथरmम छिरी । फ्रेस भई । जिउ फूर्तिलो बनाई । हँसिलो र रसिलो मुद्रामा आफ्नो पूर्ण नग्न शरीरलाई छोपी । कपाल सम्याई । हल्का मेकअप गरी । मलाई कसिलो अँगालो हाली । म्वाइँ खाई ।

०००००

र, म भने अहिले पनि होटल ओयासिसमै छु । संसार ज्यूँकात्यूँ छ तर प्याक रित्तिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर