✍️ मनोज खड्का मिलन

गजल – १

भो हेर्नै सकेनन यी आँखाहरूले
उठाएको बन्दुक परेवाहरूले

गगनको सफरमा हिडेका रहेछन
चुडाएर धागो यी चङ्गाहरुले

कहिल्यै बुझेनन बगरको बेचैनी
नदीको किनारमा बसेकाहरुले

गरेछौ मुसाफिर सफरको तयारी
गुनासो पोखेछन दोबाटाहरुले

जलेरै सकिन्छौ ‘मिलन’को समीपमा
नगर्दा भो ईर्ष्या जुलुङ्गाहरूले

गजल – २

जन्मजात नै अग्लो डाडो भैएछ
दुनियाँको आँखाको तारो भैएछ

भिटामिन डी बढाउने चक्करमा
उल्टै घामले डढेर कालो भैएछ

यार समय तैँले कसरी दौडाइस
एक्लै दौडिदा पनि दोस्रो भैएछ

न त राख्न न फाल्न मन लाग्ने
ताल्चा हराएको साँचो भैएछ

मान्छे त हाड छालाको बनाइयो
तर कसरी आफू ढुङ्गाको भैएछ

 

प्रतिक्रिया

सम्बन्धित खवर