– लवकुश माल्टाली

१,

लजाएर प्यारी , नछोपे नजर ती।
नबोले नि बोल्छन्,गुलाबी अधर ती।

चमेली र बेली ,बुकीको सुवास।
अहो मुस्कुरायौ, जगायौ रहर ती।

कमल कोपिलाझैं, मुलायम बदनले,
कतै छाल उठ्दा, रसाए बगर ती ।

उता चञ्चलेपन, झनै मस्त यौवन,
यता सल्बलाए ,जहरका असर ती।

तिमी हात देऊ ,म संसार जित्छु।
विना साथ फिक्का, निरस छन् सफर ती।

२,

सिरानी लाइदेउ छाती नभन न लाज लाग्छ ।
सपनीमा आउँछु राति नभन न लाज लाग्छ।

देउरालीमा भेट भयो देवीदेवता रिसाउलान् नि ।
समाउ हात चढाउपाती नभन न लाज लाग्छ।

लौ खुलेआम अंगालिन नखोजन प्यारो मान्छे।
दुनियालाई राख थाती नभन न लाज लाग्छ।

भविष्यको चिन्ता केलाई गरौँ बिहे जन्माउ सन्तान
बाह्र छोरा तेह्र नाती नभन न लाज लाग्छ।

नजरका इशाराले के के भन्यौ मै सोझा लाई
नबुझेसी विश्वासघाती नभन न लाज लाग्छ।

जुनी जुनी यो “माल्टाली”मेरै मान्छे होस् भनेर
भाकल गर्छु के के जाति नभन न लाज लाग्छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर