
रामेछाप – सरस्वती युवा क्लब रामेछापले बडादशैँ २०८२ सालको अवरसर पारेर भलिबल प्रतियोगिता तथा बृहद सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । खाँडादवी गाउँ पालिकाको कार्यालय घ्याङसिङडाँडामा बडादशैँ फूलपाती, महाअष्टमी र महानवमी गरी तीन दिन उक्त कार्यक्रम हुने संस्थाका अध्यक्ष रवि खत्रीले बताए ।
खेलका लागि साबिक माकादुम गाविसको ९ वडाबाट ९ टिम सहभागी हुनेछन् । दुईदिन चल्ने खेलको बिजेताले नगद ३० हजार र ट्रफी पाउनेछ । तेस्तै दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश २० हजार, १० हजार र ५ हजार सहित ट्रफी पाउनेछ ।
खेलका अलवा स्थानिय कलाकारहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन् । दोहोरी गायन र पञ्चेबाजा तथा बिभिन्न झाँकीले कार्यक्रम थप रोचक हुने संस्थाका महासचिव राजन खत्रीले बताए ।
२०६४ सालमा स्थापना भई जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ता भई समाजसेवा तल्लिन क्लबले स्थापना कालदेखिनै समाजको सकारात्मक परिवर्तनका लागि योगदान दिँदै आईरहेको छ । कल्बले गर्न लागेको यस कार्यक्रमको सेतोमाटो डट कम मिडिया पार्टनर समेत हो ।
***
(जीवन खत्री)
प्रतिक्रिया
-
४