काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसको आन्तरिक विवादमा निर्णायक कदम चाल्दै गगनकुमार थापा नेतृत्वको पक्षलाई पार्टीको आधिकारिक मान्यता दिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार पार्टीको विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक नेपाली कांग्रेसको रूपमा मान्यता प्रदान गरेको हो

यससँगै अब पार्टीको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डाको प्रयोग पनि गगन थापा नेतृत्वको समूहले गर्न पाउने भएको छ ।

पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

विशेष महाधिवेशनबाट चयन भएका नयाँ पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूले बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गरी विवरण अद्यावधिक गर्न माग गरेका थिए ।

यता, शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले शुक्रबार बिहान आयोगमा पुगेर आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निवेदन दिएका थियो ।

दुवै पक्षको दाबीपछि आयोगले गहन छलफल तथा कागजात अध्ययन गरी थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।

आयोग स्रोतका अनुसार, विशेष महाधिवेशनलाई विधानसम्मत ठहर गर्दै दफा ५१ बमोजिम अद्यावधिक गर्ने प्रक्रिया पूरा भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर