– पदमप्रसाद भट्टराई

धर्का र धर्साहरु उस्तै लाग्छ
धर्सा र धर्काहरु उस्तै लाग्दैन
एकै जस्ता, अनेक जस्ता
लहर जस्ता, लहरा जस्ता
रंगले कोरे बन्छ रंगीन,
ढंगले कोरे देखिन्छ कला
कोर्दै नकोरे केवल शून्य

सेतो र कालो उस्तै लाग्छ
कालो र सेतो उस्तै लाग्दैन
उस्तैउस्तै, बेग्लैबेग्लै
दिन जस्तो रात जस्तो
अंध्यारो जस्तो उज्यालो जस्तो
चन्द्र झैं चम्के झल्किन्छ चमक
बादलले ढाके छोपिन्छ चमक

सुख र दुःख उस्तै लाग्छ
दुःख र सुख उस्तै लाग्दैन
दु:खपछि सुखको आशा
सुखपछि चरम निराशा
न त दुख न त सुख
छ त केवल मनको हलचल
छ त केवल धनको छलफल

***

प्रतिक्रिया

सम्बन्धित खवर