– सन्दश बस्नेत

गजल १,
गन्तव्यको गोरेटोमा सफलताको मैदान खोज्दै छु
आँखा रसाउदा कलीयुगमा भगवान खोज्दैछु

कति सम्म मूर्ख रहेछु म परीक्षण गर्दै आफूलाई
आफन्तको सोचमा मैले मेरो सम्मान खोज्दैछु

भाग्यले ठगेको मान्छे म समयले बेचिदियो
खरानिमा मुछिएको मेरो मुस्कान खोज्दैछु

प्रदेशी बनेपनी पैसा पठाउन सकिन आमा
आज खुसि मात्र घर पठाउने विमान खोज्दैछु

आफ्नाहरुले आफ्नै औकात देखाइदिएपछि
अफ्ट्यारोमा पर्दा पनि म अनजान खोज्दैछु

जिउँदो शरीर मरेको सपना बोकेर हिँड्दाखेरी
मलाई छोडेर हिँडेको आफ्नै मसान खोज्दैछु

गजल २,
चन्द्रमा नअस्ताउँदै कञ्चन शितको पानी हरायो
धन कमाउने आशमै लोभलाग्दो जवानी हरायो

उमेर बढ्यो रहर छुट्यो बाध्यताले बाँच्नु परेको छ
बालापनमा देखेका रंगीन सपनाको खानी हरायो

करोडौं सपनाको धनी थिए म,संघर्षको यात्रामा
धनकै अभावले मनले रोजेको मेरो रानी हरायो

नुन बिनाको तरकारी भाछ मेरो जीवन आज
त्यही तरकारी बनाउन राखेको चौलानी हरायो

अधुरै रह्यो गन्तव्य अस्तित्व रहेन संघर्षको मेरो
इतिहास रचेको मेरो भोगाइको कहानी हरायो

भेटाउँदैनौं मेरो लास जलेको प्रमाणसम्म तिमीले
जिउँदै जलेको छु म त्यसैले सबै खरानी हरायो
***

प्रतिक्रिया

सम्बन्धित खवर