– नारायणनाथ योगी

मुक्तक १
किताबका पानाबाट ज्ञानको रस चुहाउनुपर्छ,
मस्तिष्कको सुक्खा बगरमा मूल फुटाउनुपर्छ।
पढेर मात्र पुग्दैन यहाँ विवेकलाई जगाउन,
विचारको जलले चेतनाको मुना पलाउनुपर्छ।

मुक्तक २
निकासको बाटो छेउमै छ, तर आँखा जुधाएको छैन,
अध्याँरो गुफाभित्र मान्छेले गन्तव्य पछ्याएको छैन।
सामुन्ने छ शिखर चढ्ने सिँढी, तर के गर्नु र खै?
आफ्नै हातको औजारले यहाँ आफैँलाई सघाएको छैन।

मुक्तक ३
हजारौँ सपनाहरूको एउटा मीठो गन्तव्य हौ तिमी,
मेरो जीवनको बाँकी हरेक पलको कर्तव्य हौ तिमी।
शब्दमा उनेर कहाँ सकिन्छ र तिम्रो महिमा गाउन?
मेरो श्वासभित्र लुकेको एउटा अजम्बरी काव्य हौ तिमी।

मुक्तक ४
न कुनै शर्त छ हाम्रो प्रेममा, न त कुनै स्वार्थ छ,
तिमी साथ भए मात्रै मेरो बाँच्नुको वास्तविक अर्थ छ।
यो दुनियाँको भिडमा मलाई अरू कसैको चाहना छैन,
तिमी हुनु नै मेरो लागि यो ब्रह्माण्डकै सबैभन्दा ठूलो सामर्थ्य छ।

मुक्तक ५
तिमी आउनु अघि मेरो मन एउटा खाली पाना थियो,
जताततै अधुरो र अलमलिएको एउटा पुरानो बाहना थियो।
आज तिम्रो मायाले रङ्गिएपछि मात्र महसुस गर्दैछु,
वास्तवमा यो जीवन त तिमीलाई नै पर्खिने एउटा सानो जमाना थियो।

***

प्रतिक्रिया

सम्बन्धित खवर