– निमा छिरिङ भोटिया

“ला हो मारिस् ___!
अब लगेर पूरपार गरि हाल है छिटो।” धनेले भने।

” तैंले भनेर नै त मैले मारेको नि ___!
तैंले नभनेको भए म त मार्ने कहाँ हो र ____!
म त यो लाने काम त पटक्कै गर्दिनँ।”भनेर रने चुपचाप बसे।
“हन यो त कस्तो खाले मान्छे ___?अघि आफै गरिस्। अहिले त मलाई पो जबर्जस्ती गर्छस् ___?”भन्दै धने निकै तातिए!
“भो तँ आफै हतार हतार गरिस्। अहिले आफ्नो टाउको जोगाउने कुरा नगर भाइ ____? यदि पूरपार गर्छस् भने गर। नत्र भोलि कसैले सोधे खोजे भने तेरो नाम नै भनी दिन्छु नि __! बुझिस् ____?”भन्दै झन् राकिएर धने बोले।

अहिले रने यो कुराले निकै मत्थर बने। किनभने रनेलाई अहिले आफ्नो औकात थाहा भयो। किनभने अहिले उसले जे काम गरे त्यो आफ्नो जीवन निर्वाह गर्नका निम्ति सधैं गरिरहन्थे । आफ्नो औकात थाहाँ भएपछि ऊ अहिले चुपचाप त्यो मारिएको कुकुरलाई चुपचाप लिएर बाहिरी निस्किए।

धनेले मन मनै सम्झे __”मान्छे फन्दामा फसे भने बाध्यताले चुपचाप बस्नु कर लाग्दोरहेछ भन्ने कुरा बुझेर होला बिचारा रने आफै गर्दिन भन्ने काम पनि चुपचाप सँग गर्न कर लाग्यो।

***

प्रतिक्रिया

सम्बन्धित खवर