लक्ष्मीप्रसाद देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेश्रा छोरा थिए। उनी डिल्लीबजार, धोबीधारा, कााामाडौंमा तिहारको लक्ष्मीपूजाका दिन जन्मिए। विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहाररऔंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरह्यो। उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो। साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन। त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन पढाएर पैसा कमाउँछु। तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए। देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए। उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे। आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो। उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए।

देवकोटा वि. सं. १९६६ मा जन्मिँदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थेस जनताहरूले शिक्षा नपाऊन् तर धेरै चोटिको प्रयत्‍नपछि देवकोटाको परिवारले उनलाई काठमाडौँ उपत्यकाको एकमात्र विद्यालय दरबाएअ हाई स्कुलमा भर्ना गरिदिए। देवकोटा दरबार हाई स्कुलमा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीहरूले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए ।

यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए। सन् १९२५ मा देवकोटा त्रि(चन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे। सन् १९२९ मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१ मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे।

देवकोटा बहुमुखी प्रतिभका धनी एवम् असाधारण लेखक थिएस जसले आफ्नो दस वर्षको उमेरदेखि कविता लेखनको शुरूवात गरी छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, खण्डकाव्य, लामा वर्णनात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निबन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक झमुनामदनञ यिनी मरेको पाँच दशक पछिसम्म पनि साझा प्रकाशनद्वारा अत्यधिक बिक्री हुने कृतिमा पर्दछ। झमुनामदनञ नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रि(चन्द्र कलेजमा प्राध्यापन पनि गरे। यिनी एक पटक वि। सं। २०१३ मा नेपालको शिक्षा मन्त्रीसम्म भएका थिए। यिनैका पालामा नेपालको ठूलो अनि पहिलो त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितीय प्रतिभा थियो। उनले शाकुन्तल ९महाकाव्य० तीन महिनामा, सुलोचना (महाकाव्य) दश दिनमा र कुञ्जिनी एकै रातमा लेखे। उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याए। प्रचलित लोक भाका अर्थात् झ्याउरे छन्दमा लेखिएको कृति मुनामदनले नेपाली साहित्यमा संस्कृतको प्रभावको अन्त्य गर्‍यो।

‘पागल’ कविता उनको अर्को महान सिर्जना होस जुन कवितामा उनले आफूलाई पागल भन्नेहरूलाई नै कवितात्मक शैलीमा जवाफ दिएका छन््र नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखन स्वच्छन्दवादका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो।

भारतीय महापण्डित डा।राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए। देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू झशारदाञ मासिकमार्फत जनमाझ पनि आए।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो। उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्दा, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे। उनको बाँचुन्जेलको साथी एउटा झकविताञ थियो र अर्को झचुरोटञ थियो। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए। आजको विवेक क्याप्सुलमा उनै महाकवि देवकोटाका केही अनमोल विचारहरूलाई संकलन गरेर प्रस्तुत गरेका छौँः

– स्वर्ग र नर्कको कल्पना पुरस्कार र दण्डको कल्पना हो ।

– निद्राकी सखी शान्ति हुन् निदाएको बालक देख्दा शान्तिको सच्चा मुहार देखिन्छ ।

– वास्तविक कविको जन्म बगैंचामा मात्र हुन्छ ।

– जीवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।

– घर चिन्न घर छोड तर घर नबिर्स ।

– जनता जो सच्चा राष्ट्र हो, जो राष्ट्रको जीवनको नाडी र भावको गुन्जन हो ।

– जीवन दुःखपूर्ण छ जहाँ आँसु लिएर बाँच्नुपर्छ ।

– जीवनहरू विन्दुमा सुन्दर देखिन्न, कला देखिन्छ, जीवनको सत्य यथार्थिक या व्यावहारिक हुन्छ, कलाका काल्पनिक हुन्छ ।

– यस्तो रहस्यमय जीवन बुझ्नलाई, जानु कहाँ, पढ्नु के गुरूको बुनाई ।

– संसारमा कल्पेको जस्तो गरी जीवन चल्दैन, परिस्थितिका काँडाहरूले जीवन घेरिन्छ र शरीर र आत्माको अन्तरसम्बन्ध नबुझनाले नराम्रो परिस्थिति आउँदछ ।

– जुवा खेल्नु निश्चय नै खराब हो तर खराब चीजंबाट असल कुरा लिन सक्नु पनि विचारशील मानिसको लक्षण हो ।

– दर्शन भय हो र कविता सत्य हो ।

– देशको सेवा घरमै हुन्छ, विशुद्ध मनले लर्डाईमा जानु के काम प्यारा – वैसका दिनले ।

– मान्छेका तिर्सनाहरू सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हुन् ।

– काम इच्छाबाट होइन परिश्रमबाट सिद्ध हुन्छ, सुतिरहेको अन्वेषणको मोहनी हो । यद्यपि त्यहाँ पुग्न कठिनाइ र अनेक पहाड चढनुपर्छ ।

– मनुष्यको सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन ।

– विश्वाससँग ज्ञान हुन्छ, सुरुकै विश्वास नै श्वास हो, विश्वाससँग जिन्दगी हुन्छ यही यो विश्व आश हो ।

– चुलीहरूलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो ।

– विरोध नै जीवन हो ।

– अभ्यन्तरिक चेतबाट उठेको वैराग्य नै सच्चा वैराग्य होस सच्चा वैरागी जीवनको अनुभवबाट प्राप्त तिक्तताले गर्दा संसारिक माया, मोह, छोडी नित्यको इसाराको पछि लाग्दछ ।

– मेरो दिलमा गहिरो घाउ छ । न कुनै मेरा डाक्टर छन्, न मेरो कुनै भाउ छ ।

– दूधको भारा तिर्न नसक्ने, माया जालमा अल्झनेहरू, टाढा नदेख्नेहरू र त्रासले केही गर्न नसक्नेहरू वीर हुन सक्दैनन् ।

– मगजमा बोझा बोक्ने दार्शनिक भन्दा पिठ्युमा भारी बोक्ने प्रकृतिको इसारामा चल्ने चारखुट्टे जनावर बढी बुद्धिमान् होइन त ?

– सत्यका लागि त्याग गर्न नसक्नेहरू पनि वीर होइनन ।

– भाव बिजुली हो, आकाशभन्दा पाताल भए पनि विचार शक्ति हो, भावभन्दा मसिनो भए पनि कल्पना सभ्यता हो ।

– सबै जादुगरभन्दा आफू मान्छे नै विचित्रको जादु हो ।

– मानिसले आफ्नो निम्ति आफूले बनाएका चक्कर भूलभुलैयामा परेर संसारका वियोगान्तक नाटकको नायकझै दुःखको अभिनय गरिरहेछ ।

– घनघोर दुःख सागर संसार जान भाई, नगर घमण्ड कहिले मर्नु छ हामीलाई ।

– जसमा स्नेह छ, त्यसलाई भय छ, माया दुःखको कारण हो, मायाको जरो दुःख हो, त्यसकारण त्यसलाई त्यागेर सुखपूर्वक बस ।

– स्त्री जातिलाई यथार्थ स्वामीले पुग्दैनस उनीहरू एक काल्पनिक मूर्ति रचना गरेर वास्तविक मांसयुक्त स्वामी मूर्ति को कमीको पूर्ति गर्छन् ।

– सजीव अनुभवहरूको कलात्मक प्रकाशन साहित्य हो भने जो नेपाली होइन त्यसले नेपाली साहित्य लेख्न सक्दैन ।

– साहित्यको महामन्त्र हो आत्मसत्य, त्यसलाई छाडेर हिंड्ने, बोल्ने साहित्य नै होइन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर