काठमाडौँ – गत २० महिनादेखि रोजगार अनुमति प्रणाली (ईपीएस)) नोभेम्बरदेखि खुल्ने भएको छ । कोरोना महामारीका कारण नयाँ कामदार लान बन्द गरेको दक्षिण कोरियाले पुनः प्रक्रिया सुरु गर्ने भएको हो ।

श्रम मन्त्रालयले ईपीएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम साता सुरु गर्ने जनाएको हो ।

पहिलो चरणमा कोरोनाका कारण रोकिएका ४८ जना नेपाली कामदार गत कार्तिक १० गते कोरिया गइसकेका छन । कोरोना महामारीका कारण लामो समयदेखि प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार कोरिया जान पाइरहेका थिएनन् ।

यससँगै अब रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरिसकेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान पाउने भएका छन् ।

अझै सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक दक्षिण कोरिया जाने पर्खाइमा रहेका छन्। दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रूपमा लिइन्छ ।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो। नेपालबाट मात्र त्यहाँ हरेक वर्ष ५ हजारभन्दा बढी कामदार जाने गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर