काठमाडौँ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले उत्पादनमूलक क्षेत्रका लागि  करिब  १५ हजार ८४८ जनाका लागिआवेदन माग गरेको छ।

उक्त मागअनुसार पुस गतेदेखि गतेसम्म आवेदन दिने समय तोकिएको त्यसरी आवेदन दिनका लागि विभिन्न मापदण्डतोकिएका छन् त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रको लागि आवेदन दिएर फेल भएकाहरू सहभागी हुन पाउने छैनन् उनीहरूले सिपबिल्डिङको लागि परीक्षा दिएको भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था गरेको हो

यस्तो मापदण्ड तोकिएपछि सिप बिल्डिङको परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजार ४०९ जनाले यसका लागि आवेदन दिन पाउने छैनन् उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएपछि उनीहरू चिन्तित हुनुका साथै आक्रोशित बनेका छन्

उनीहरूले ईपीएस कोरिया शाखा कार्यालय, एचआरडी कोरियाको ध्यानाकर्षण गराएका छन् २४ गतेभित्र उक्त बुँदा नहटाएकोखण्डमा आन्दोलन गर्ने उनीहरूको चेतावनी लामो समयसम्म कोरिया जाने भनेर पढेको तर, अहिले आएर आवेदन दिन नै रोक्ने कार्यभएकोप्रति उनीहरूको आपत्ति हो

सुर्खेतका रत्न मगरातीले २८ हजार नेपालीको भविष्यमाथि खेलवाड गर्ने काम भइरहेको बताए आफूहरूले सिप बिल्डिङको परीक्षामा९० ल्याउँदा पनि फेल भएको बताए तर, अब उत्पादनमूलक क्षेत्रमा ३० कटअप अङ्क ल्याउँदासमेत पास हुने अवस्था आएको बताए

हामीले ९० ल्याउँदा पनि फेल भयौँ अब ३० अंक ल्याउने पनि पास हुने देखियो , उनीहरू कोरिया जान पाउने भए,’ मगरातीले भने ईपीएस कोरिया शाखाले निकालेको सूचनाको बुँदा नम्बरहटाउनुपर्ने आफूहरूको माग रहेको उनले बताए

यसअघि सिप बिल्डिङको आवेदन आह्वान गर्दा केही पनि जानकारी नदिएको उनीहरूको भनाइ सिप बिल्डिङको आवेदन दिएपछिअर्को सूचना जारी गरेर यही वर्ष हुने अर्को परीक्षामा भाग लिन नपाउने भनेको थियो उक्त कार्यप्रति आफूहरूको आपत्ति रहेकोओखलढुंगाका विवेक बस्नेतले बताए

कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन यो वर्षदेखि सिप बिल्डिङ गरी तीन क्षेत्रका लागि कामदार माग गर्दै आएको एक वर्षमा एउटा क्षेत्रबाहेक अर्को क्षेत्रमा आवेदन नपाउने व्यवस्था रहेको कोरियाले सोही आधारमा सूचना जारी गरेको निर्देशकसुवेदीले बताए

कोरियाबाटै सबै सूचना प्रकाशित गर्ने काम भएको भन्दै निर्देशक सुवेदीले यसमा आफूहरूले केही गर्न नसक्ने बताए  

प्रतिक्रिया

सम्बन्धित खवर