काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।  जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि मन्त्री शर्मा विवादित बनेका थिए ।

विवादित भएपछि प्रमुख प्रतिपक्षि दल नेकपा एमाले लगायतबाट राजिनामा माग हुँदै आएको थियो । अनाधिकृत व्यक्ति प्रवेशको प्रमाण स्वरुप सिसिटिभी फुटेज माग भैरहेका बेला उक्त सिसीटिभी फुटेज डिलिट गरिएको खबर प्रकाशित भएपछि उनी थप विवादित बनेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर