मोरङ – वरिष्ठ साहित्यकार बलराम पोखरेलको जीवनीमूलक कृति ‘आत्मवृत्तान्त जीवनी’ को लोकार्पण भएको छ । नेपाल स्रष्टा समाज कोसी प्रदेश समितिको आयोजनामा विराटनगरमा खोटाङ सेवा मञ्चको सभाहलमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
लोकार्पित कृतिमाथि प्रा.डा हरिहर भण्डारीको टिप्पणी रहेको थियो ।
कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रा.डा. रमेश भट्टराई, हरि कट्टेल, भरत गुरागाईं बरबरिक, दिनेशराज सुवेदी, श्याम पोखरेल, डा. हेमसागर रिमाल, प्रतिमा निरौला, श्रीप्रसाद पोखरेल, बाबुराम पोखरेल, लेखनाथ घिमिरे, प्रा.डा. कविराज न्यौपाने, प्रा.डा. मेदेनीप्रसाद शर्मा, एनपी आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रा.डा. खगेन्द्र आचार्य प्रमुख अतिथि रहेको उक्त लोकार्पण कार्यक्रममा मधु पोखरेल, उमानाथ भट्टराई, रामबाबु दाहाल, केशु विरही, कविता केशरी, भवानीप्रसाद पोखरेल, हेमसागर पोखरेल, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, नवराज पोखरेल ‘नवशिला’, मीनकुमार नवोदित, पुष्पा सायरा, नानुमैया दाहाललगायतका लेखक तथा स्रष्टाहरू, कृतिकारकी धर्मपत्नी राधा पोखरेल तथा परिवारका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल स्रष्टा समाज कोसी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव लक्ष्मी पोखरेलको रहेको थियो ।
विराट साहित्य सङ्गमका संस्थापकसमेत रहेका उनका ‘चिन्तन एक सँगालो’, ‘हुँदा खाने हुने खाने कम्युनिस्ट’, ‘आन्दोलन अभिव्यक्ति’, ‘सभ्यताको बिस्कुन’, ‘नेपाली ताङ्का लघुकविता’, ‘एक सय आठ कथामाला’, ‘एक सय नौ निबन्धहार’, ‘चेतनाको मात्रामा अमेरिका यात्रा’, ‘विचारको पेटारो र झटारो’, ‘श्रीमद्भागवत्गीता’, ‘मनका केही प्रतिविम्बहरू’, ‘चिन्तनका कडीहरू’, ‘विचारका तरङम्गमा बग्दा’, ‘विचारको बिस्कुन’ गरी यसअघि नै १४ ओटा विभिन्न विधाका कृति प्रकाशित भएका छन् । ‘आत्मवृत्तान्त जीवनी’ उनको पन्ध्रौँ कृति हो ।

प्रतिक्रिया

सम्बन्धित खवर