काठमाडौँ – नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल/मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेलरमट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ ।

निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ ।

पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता रु ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर