काठमाडौँ – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि गरेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै आइतबार राति १२ः ०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।
निगमले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर २७ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)तर्फ १९ रुपैयाँ र हवाई इन्धन (वाह्य)तर्फ अमेरिकी डलर १०० ले बृद्धि गरेको जनाएको छ ।
नयाँ मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।
हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य)तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ ।
निगमकाअनुसार एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।
प्रतिक्रिया
-
४
