✍️ एम पि केयरलेस
आँखा एकदम सुख्खा थिए । एकदम बिझाइ रहेका , मानौकि बालुवाका कण मेरा आखा भित्र छन । मेरो ध्यान रुदै कोठा भित्र पसेकी कान्छी छोरी माथी थियो । आफ्नो आखामा आसु थिएनन् उस्का आसु मै मैले पनि चित्त बुझाए । अलिकति पनि मनमा डर थिएन , डर आशाहरुको ‘बाइ प्रोडक्ट’रहेछ ।
तपाईं पत्ताउनु हुन्न होला । मेरो यत्रो जिन्दगीमा दुइ पल्ट मात्र डरले मुटु हल्लाउन सकेको थियो । नत्र त जिन्दगी मलाई सिनेमा जस्तो लाग्थ्यो । सायद पहिलो डर कै कारणले होला मैले दोस्रो डर महसुस गर्ने हिम्मत गरेको थिएन ।
पहिलो चोटि म बच्चै हुदा डराए खुब डराए । के भएको थिए भने मैले पहिलो चोटी साथिहरु सङ मिलेर भाले चोरेको दिन । त्यस्को भोलिपल्ट बाट डर सुरु भएको थियो ।
एउटा रातो ठूलो भाले रात भर कर्केनि बजैको झाम्म परेकोआपको रुखमा बस्थ्यो । त्यो भाले कहिलै खोरमा बस्थेन । र त्यसको खोर कस्को घरमा थियो त्यो हामिलाई पनि थाहा थिएन । (सायद त्यो भाले आफ्नो घर बाट बिद्रोह गरि हिडेको हुनुपर्छ, म जस्तै )।
त्यो भालेको बास स्थान त्यो आपको रुख हो भन्ने कुरा मेरो एउटा साथिले पहिलो पल्ट थाहा पाएको थियो । भालेको बानी “एक कान दुइ कान मैदान हुदै” हाम्रा उमेरका सबै केटाहरूको कानमा पनि पुग्यो ।
प्राप्तिका लागी योजना बनाइन्छ भन्ने कुरा मैले त्यो बेला नै थाहा पाए । एक दिन हामी गोठालाहरु माझ त्यो भाले हाम्रो बहसको विषय बन्यो । त्यो भाले कस्को हुनसक्छ ? भन्ने बिषयमा लियर कसैले भने – “त्यो कर्केनी बजैको हुनुपर्छ , किनकि त्यो कर्केनी बजैको आपको रुखमा बस्छ ।”
कसैले तर्क थियो – “हैन , त्यस्को जुरि लामो छ त्यसैले त्यो , बड्घर्को हुनुपर्छ ।”
कसैले मत भिन्नै थियो – “त्यस्को पुच्छर लामो छ त्यो कटुवालेको हुनुपर्छ ?”
बड्घर र कटुवालका छोरा पनि हाम्रा साथी थिए । तर त्यिनिहरु कसैले त्यो भाले हाम्रो हो भनी हक दाबी गरेनन् । खास त्यो भाले कस्को थियो होला , मैले आज सम्म थाहा पाउन सकिन । कस्को थियो होला ?
जस्को भएनी अब त्यो हाम्रो आहार बन्ने कुरा निश्चित थियो । सच्चा साथी त्यो हो जस्ले गलत काममा पनि साथ दिन्छ । यो कुरा मैले त्यै दिन थाहा पाएको थिए । राम्रो काममा त दुस्मनले नि ताली बजाउनै पर्छ , हैन र ?
अनि भाले कसरी हात पार्ने भने विषयमा साथिहरु ले आफ्नो क्षमता अनुसारको प्रस्ताव राखे ।
कसैले भने गुलेलिले हानेर खुत्रुक्कै पार्ने ।
कसैले भने एक जना मात्र गएर घाटिमा च्याप्प समात्ने ।
कसैले भने गएर च्याप्प समात्ने अनि पखेटा एक आपसमा दोबारेर बोरामा कोच्ने । अनेक थरी उपाय आए नि अन्तमा यि सबै उपायको मिसृत रुप अपनाउनु परेको थियो । त्यो दिन मैले थाहा पाईसकेको थिए योजना अनुसार अक्षरस काम हुदैन ।
भाले समात्न जानेहरु सबै सच्चा साथी त थिएनन् । सच्चा साथी नभएकाहरुले चै भाले खान पाउने आसले पुर्ण सहयोग दिन राजी भएका थिए । हिम्मत पनि आशको ‘ बाइ प्रोडक्ट’नै हो है ?
तपाई मेरो कुरा याद गर्नु होला , “दुस्मन पनि तपाई सङै हुर्की रहेको हुन्छ।”
एउटा बिचित्र नाम गरेको केटो नि हामी सङै सङत गर्थ्यो । टह टह जुन लागेको एक दिन । भाले खाने एउटा आशले हामीलाइ हिम्मत जुटाउन बाध्य पार्यो । जुन दिन हामी भाले चोर्न जादै थियौ । चोर्न पनि नभनौ क्यारेरु सम्मात्न जादै थियौ । त्यो दिन बिचित्रले हामीलाइ साथ नदिने निर्णय सुनायो । तर हामिले त्यो उस्को निर्णय सुने पनि नसुने झै गरिदियौ ।
बोरा लिएर हामि आँपको रुख मुनि पुग्यौ । कुनै साधु तपस्यामा लिन भएझै त्यो भाले बसेको थियो ।
– एउटा साथिले गुलिलिले निसाना ताकेर भालेलाइ हिर्कायो , भालेलाई लागेन तर भाले तर्सेर जमिनमा हाम फाल्यो ।
हामी भालेको पछि पछि दुगुरौ । केहि समय भालेको पछि पछि दुगुरे पछि
अर्को साथिले ‘डाइफ’ हानेझै हाम फाल्यो भालेको पछाडिको भाग मात्र समात्त मात्र सफल भयो ।
भालेले पखेटा फड्फडाउदै थियो।
अर्को साथिले पखेटा समातेर एक आपसमा दोबार्यौ ।
अनि अर्को साथिले खुट्टा समातेर बोरामा कोच्यो । अनि हामी बेपत्ता सङ बन तिर दौडियौ । हामि बन पस्दै लाग्दा एउटा टर्च लाईट जङ्गल तिर सोझिएको थियो , त्यो कस्को टर्च थियो होला ?
गाउको उत्तरी भागमा जहाँ अहिले सामुदायिक बन छ नि , त्यो बेला त्यो सामुदायिक बन थिएन । उल्लो किनार बाट पल्लो किनार स्पस्ट देखिन्थ्यो । पातला रुख थिए । गाउँ भरिका गाइगोरु दिन भर त्यै हुन्थे । त्यै लिएर हामी त्यस्लाइ त्यही पोलेर खाएका थियौ । सालका दाउरामा पोलेको त्यो भाले यति मिठो थियो कि , त्यै दिन मैले था पाए “मेहनतको फल मिठो हुन्छ” भन्ने कुरा । त्यै जङलमा लिएर किन खायौं भन्दा अन्त कुखुरा पोल्यो भने कुखुरा जलाउदाको गन्द सिधै गाउँ जाने डर थियो । त्यो गाउँमा हावा प्रायः पश्चिम् र दक्षिण बाट चल्थ्यो । त्यही भएर पोलेको गन्द उत्तर गयो , गाउँ तिर गन्ध त आएन होला सायद ।
पछिल्लो दिन बाट डर सुरु भो । डर भन्दा पनि बिचित्र सुरु भयो ।
त्यो बेला हामी खट्टे , भटमास , मैकै , सिरौला गोजीमा राख्थ्यो र खादै यताउता हिड्ने गर्थौ , ‘ ड्राइ फुड’ नि घरमै बसेर कस्ले खान्छ र ? बाटो मा ‘बिचित्र’भेटिन्थ्यो नै , उ उचाईले कम भए पनि एकदम सानले भन्थ्यो – “ओइ के खान लाग्याछस ?”
हाम्रो गोजीमा जे थियो हामी त्यै भन्थ्यौ ।
-“खै ल्या ?” भन्दै उ हाम्रो गोजीमा आफ्नो हात हाल्थ्यो ।
यदि हामिले – “दिन्न” भन्यौ भने ।
उ – “भन्दिउ ?” मात्र – भन्थ्यो । तर
त्यो भन्दिउ सब्द देखी हामी यति डराउथौ कि हाम्रो गोजिको खानेकुरा हामी भन्दा बढी ‘बिचित्र’ खान्थ्यो । सायद त्यो बेला डरै डरले त्यो खाएको भालेको ओजन बराबरको मासु हामी प्रत्येक को जिउ बाट घटेको थियो होला ।
अनि – “भन्दिउ” भन्ने एक सब्द कै कारण
-गिट्टी फोरको ओपनर उहि हुन्थ्यो ।
-छुर को बाघ उहि हुन्थ्यो
-भक्केको राजा उहि हुथ्यो ।
तर उ कहिलै चोर पुलिसको पुलिस भएन हामी चोर मध्य कै कोहि पुलिस हुन्थ्यो उ सधै चोर नै हुन चाहन्थ्यो ।
कसैलाई डर देखाउनु छ भने -“पछि पछि दगुर्नु तर नसमात्नु” भन्छन ठिक त्यस्तै गर्यो बिचित्रले हामी माथी । समय बित्दै जादा यस्तो लाग्थ्यो हामी भित्रको डर पिङ खेलिरहेको छ । बिचित्र नजिक आउदा डर पनि नजिक आउथ्यो बिचित्र टाढा हुदा डर पनि टाढा हुन्थ्यो ।
पछि त्यो डर बिस्तारै हराएर गयो जसरी पिठ्युँमा उम्रेका खटिरा हराइजान्छन । खटिरा भएको थाहा हुन्छ निचोरौ भने हात पुग्दैन ।
अनि मेरो अर्को डर त्यो सङ भेट भए पछि सुरु भो । म बनारस बाट पढेर फर्के पछि गाउँको स्कुलमा मास्टर भए । त्यो आफ्नो पोइ सङ बसाइ सरेर हार्म्रो गाउँ आएकी थिइ। पहिले त त्यो मगर्निकी स्वास्नी हो । त्यो बेला म अलि अलि रक्सी पिउथे । त्यो मगरको घरमा सजिलै रक्सी पाइने हुनाले । म त्यही घरमा गएर रक्सी पिउन थाले पछि सधै जसो जान थाले । खास म रक्सिले भन्दा पनि त्यस्लाइ हेर्न जान्थे । बाटुलो अनुहार , ठुला निधार , ठुला आखा , चुच्चा स्थन , गोलो कम्मर जवानीमा काइदाकी थिइ । कतै बाट पनि मगर्नी लाग्थिन । ठकुरीकि छोरी जस्ती थिइ ।
त्यो मगर चै काठको काम गर्थो , दिन भर काम गर्थो बेलुका अलि बढी रक्सी पिउथो र चाडै सुत्थ्यो । पहिले पहिले मैले त रक्सी खान्थे फर्किन्थे । एक दिन त्यो मगर सुति सकेको थियो । म रक्सी खाइरहेको थिए। त्यो मेरा कुरा सुनिरहेकी थिइ मैले त्यस्को दाइने तिर को छाती समाते , यस्तो नगर्नु न सर भन्दै पछिन खोजी तर मैले मानिन । त्यस पछि म पहिले रक्सी खान्थे अनि त्यो सङ एक पल्ट सुतेर मात्र घर आउन थाले । बिस्तारै त्यो पनि मलाई माया गर्न थाली छ।
म पनि कम्ता राम्रो थिइन । नेताजिको जस्तो शरीर थियो। जुँगा पनि नेताजी कै जस्ता थिए ।साथीहरु त नेताजी नै भनेर बोलाउथे , आज भोलि त गान्धी जस्तो पो देखिन्छु हुला है । जे भनेनी उ पनि राम्री थिइ म पनि मन पराउथे ।
पछि हरेक रात त्यो मलाई भगाउनुस भन्थी म अनेक थरी सोचेर भगाउनै सक्थेन ।
– घरकाले के भन्छन ?
– समाजले के भन्छ ?
– जोरिपारिले के भन्छ ?
मलाई सबै भन्दा बढी डर मेरा बिद्यार्थीको थियो ।
-बिद्यार्थीले के भन्लान भन्ने । त्यो बर्ष त्यो पुसको अन्तिम रात थियो भोलिपल्ट माघी थियो ।
म उस्को घर गए । पहिले रक्सी खाए अनि त्यो सङ सुत्यौ भनेको मान्दै मानिन
भनी -“मेरो पेटमा हजुरको बच्चा छ । भगाएर लिनुस म एउटि दुइटाकि श्रीमती हुन सक्दिन।”
त्यस्को कुरा नि मनासिब नै थियो । म पनि माया गर्थे । रक्सीले मातेको पनि थिए , डर अलि कम त हुने नै भयो । त्यसलाइ त्यही राती भगाए । घर ल्याए घरका कसैले स्वीकारेनन । गोठको माथी लगेर पारल भित्र पसेर रात गुजारेउ । भोलिपल्ट गाउँ कचरी बस्यो । पन्चले को निर्णय अनुसार मैले रु बिस हजार जारी तिर्नु पर्ने भो । म राजी भए , त्यो मगर राजी भयो , त्यो त राजी नै थिई ।
थाहा छ त्यो मगरले तेत्रो पन्चायतको अगाडी के भन्यो – “त्यस्को पेट भित्र मेरो बच्चा छ ,राम्रो सङ पाल्नु ए बाहुन मास्टर ।”
मगरलाई बीस हजार दिए अनि हामीले त्यो गाउँ छोडिदियौ । तर त्यो मगरको बोलिले मेरो कान छोडेन -“त्यस्को पेट भित्र मेरो बच्चा छ ,राम्रो सङ पाल्नु ए बाहुन मास्टर ।”…….
दिनमा दुइ तिन पल्ट म त्यो मगर को बोली र अनुहार सम्झन्थे । यता आईसके पछी । मैले यतै पढाउन थाली सकेको थिए सबै कुरा मिल्दै गैरहेको थियो । तैपनि आफ्नो चित्त मरे बुझ्दैन थियो । उ दुइ जिउकी थिइ । उसलाई पनि के भन्नु । कहिलेकाही सोध्यौ लाग्थ्यो -” तेरो पेटको बच्चा मेरै त हो नि ?” भनेर तर कहिलै सोधिन कम्ता गाह्रो थिएन ।
डर , दिउँसो एक गुणा राती दुइ गुणा बड्थ्यो । कति रात त त्यस्लाइ मारी दिउ पनि लाग्थ्यो । साचै यदि त्यो मगरले त्यसो नभन्देको भए सायद म डराउथेन । यस्तो लाग्थो साला मगरको बच्चा मेरो बच्चा हो भन्दै दुनियाँ अगाडी झुठो बोल्दै हिड्नु पर्ने भो । आफै भित्र खुब कुडिन्थे । मगरले मेरो घमण्डमा हिर्काएको थियो ।
दुनियाँ अघि “बाहुन मास्टर मेरो बच्चा लाइ राम्रोसँग पाल्नु”भन्दा उस्ले मेरो पढाइ लाइ तुच्छ र शरीरलाइ नपुसक बनाइ दिए जस्तो लाग्थ्यो । कहिले उ बच्चा पाउलि र थाहा होला बच्चा मेरो हो कि मगरको भनेर । यदि मगरको अनुहारको जस्तो बच्चा जन्मियो भने त्यो हुर्कदै जाला पछि यो समाजले नि थाहा पाउला लाग्थ्यो । अनेक थरी कुरा काट्लान , मैले त आत्महत्या गर्नुपर्छ लाग्थ्यो । आत्महत्याका उपाय पनि सोची सकेको थिए :
– कर्णालीमा डुबेर मर्नु पर्ला वा
– बान्नेका पगार बाट हाम फालेर नर्नुपर्ला वा
– डोरीमा झुन्डेर मर्नु पर्ला वा
– मुसाको औसधि खाएर मर्नुपर्ला
जति उपाय सोचे नि काल पर्खनु पर्ने भाग्य रैछ मेरो ।
गाउँकाले जिस्काउदै सोध्थे – “सर बा बन्ने कहिले ?” मलाई जिस्काउनका लाइ जिस्काए जस्तो लाग्थो । मैले प्रत्येक दिन कहिले नौ महिना पुग्छ भनेर दिनमा कम्तीमा तिन पल्ट गन्थे । मलाई त्यो बेला आफु समय भन्दा चाडो हिडेको जस्तो लाग्थ्यो । त्यो नौ महिना मेरा लागि नौ बर्ष भएको थियो । म स्कुल घर , घर स्कुल गर्दै समय पर्खिरहेको थिए । “पहिलो सन्तान नै आफ्नो नहुने भए पछि कस्तो भयो होला मलाई ?”
साच्चै त्यो बेला मलाई डर चै कस्को थियो होला।
समाजको भनौ भने समाजलाइ कै था नै थिएन ।
घर परिवारको भनौ भने उनिहरु सङ मेरो कुनै लेनदेन नै थिएन ।
इज्जतको भनौ भने , सबैले ठान्ने छन जन्मेको बच्चा मेरो नै हो । इज्जत मा अलिकति दाग लाग्ने सन्का थिएन । खास त्यस्तो बेअर्थको डर चै को सङ थियो ?
सायद त्यो मेरो आफै सङको डर थियो । आफ्नै आखा बाट खस्ने डर । त्यो बेला थाहा पाए मैले – आफै सङको डर केही गरे नहट्दो रहेछ र त्यो नै सबै भन्दा ठुलो डर हो ।
बच्चा जन्मने दिन म स्कुलमा थिए ।खबर आएको थियो सरकी श्रीमतीलाइ गाह्रो भैरहेको छ । सरले झटै घर आउनु पर्यो भनेर ।
मैले बाटो भरी के के सोचिन ।
– यदि बच्चा आफ्नो अनुहारको जन्मे ठिकै छ ।
– हैन बच्चा मगरको अनुहारको जन्म्यो भने आज राती नै स्वास्नी सुतेको बेला त्यस्लाइ मारी दिनेछु । मार्ने पनि कसरी मैले अनेक योजना बनाए मैले पढेका अनेक कथाका अनेक पात्र सम्झन्थे । मार्ने तरिका सम्झन्थे । म सधै यस्तो योजना बनाउथे । जुन योजनाको काम कहिलै सुरु हुने वाला थिएन । र भगवान सङ प्रार्थन पनि गर्थे बच्चा मेरै अनुहारको जन्मियोस । खुब डराएको थिए , भनी साध्य छैन ।
म घर पुग्ने बित्तैकै आगनमा बसेकी बस्नेती दिदिले भनिन -“छोरो भएको छ , अनुहार बुवा कै जस्तो छ ।”
त्यो बेला फेरी मेरो दिमागमा मगर आयो उस्ले बोलेको बोलि कानमा ठोक्कियो ।
मैले दिदिलाइ मलिन स्वरमा सोधे -“के भन्नु भो रे दिदि ?”
-“छोरो भएको छ , अनुहार ठिक तपाईको जस्तो छ ।”
सायद ति नौ महिना म यहि एउटा बाक्क सुन्न लाइ तड्पिरहेको थिए । समय कुरिरहेको म । समयलाइ मेरै पक्षमा उभिएको देखे ।
बच्चालाइ हेरे उस्को –
– नाक थेप्चो थिएन
– आखा चिम्सा थिएनन् ।
तेत्रो डर ,त्रास एकाएक छु मन्तर भए । डर पानीको फोका जस्तो हुदो रहेछ ।
पछि हाम्रो जिन्दगीमा कहिलै फर्केर सन्का र डर आएन । उ मर्नु अघि पनि मलाई डर लागेन , पछुतो पनि लागेन । सक्दो उपचार गरेकै हु । यहि सोचेर मन ठोके । छोराहरुले पनि खुब कोशिस गरेकै थिए आमा लाइ बचाउन । बाचिन , अब के गर्नु । छोराहरु त आफ्ना स्वानी सङ छन । कान्छी छोरी र म टुहुरा भयौ ।
प्रतिक्रिया
-
४