– रोमा लम्साल “नुरा”
आँसु झर्दाे हाे आँखाबाट
रुँदारुँदा आँसु नै सक्किएर सुख्खा हुँदाे हाे आँखा
केही भएर पनि नभएजस्ताे
देखिएला
मान्छेहरूकाे निराश अनुहार!
आँगनमा मलामीहरूकाे आँसु पाेखिएर
भिज्दो हो बलेसी !
सर्लाङ सुर्लुङ बाँस हल्लिएको
एक आवाजमा
बाँस काट्दै गर्दा उडिजालान् रुँदैरुँदै साराैँका बच्चाहरू
मलाई गुमाएकाे पीडामा
राेइदेलान् पाहुना बनेर आएका
घामका किरण
म चितामा जल्दै गर्दा मेरै कविता पढेर
मलाई नै समर्ण गर्दा हुन्,
पर्म लगाउन आएका मलामीहरू
आँसु नझार्नेहरूले पनि आँसु झार्दा हुन्
म जीवित हुँदा
मै बाट टाढा भएका मेरा
आफ्नाहरु म मरेपछि बिदाई गर्न
आउलान् कि? नआउलान्
कुनै समय
यो मनले यसरी पनि कल्पना गर्ने गर्थ्यो।
वनका काँडा झैँ उदास देखिएलान्
फूल बिनाका बोटहरु जस्तै मेरा कविता
मैँ नरहेपछि विगत पनि
म हुँदाकाे झैँ ताजै रहला कि नरहला?
अचेल एकान्तमा यस्तै यस्तै कल्पना गर्दा हुन् कविताहरू
तिमीलाई जस्तै झ-झल्को आउँदो हो
यादकाे डायरीमा सङ्ग्रहित मेरा तस्बिरहरू
नियाल्दै गर्दा खसाल्दाे हाे
तिम्राे आँखाले पनि आँसु
सम्झनाकाे साँझबत्ती बालेर काेठा उज्यालाे बनाउँदै गर्दा
त्याे एक्लाे काेठाकाे चारै भित्तामा मेरै तस्बिरहरू देखिएला सायद
अब त युगौँ भएछ
तस्बिर पुरानो,भएर
चेहरा धुमिल देखिदो हो
सबैसबै पुरानै हुँदै गएपछि
याद पनि पूरानो हुँदो हो
बाँकी सबै सकिएपछि
सायद!
एक वूँद सम्झना पनि सकिँदो हो
केही ,कुनै ,कतै ,कोही नभएपछि
मृत्यु पनि आँखामा आएर बस्दाेरहेछ
जुन आँखाले तिम्रो तस्बिर राखेको थियो संगालेर
अब त आँखापनि अस्ताए सदाका लागि।
टाढा टाढासम्म पुगोस्
म मरेको खबर
देह ढल्दा! तिमी आउनु
कविताले सजाउनु मेरो चिता
गुनज्जयमान होस् चारैतिर गजलकै शोकधुन !
त्यतिबेला
कविताले दिनु दागबत्ती
पखाल्नु चिता बगाईदिनु अवशेष
यो चीत्कार बगिरहेको खरानीबाट
निस्कदै छ आज।
***
प्रतिक्रिया
-
४
